लक्ष्मीपूजाको दिन मागभन्दा बढी बिजुली खपत

काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिन सोमबार मागभन्दा बढी बिजुली खपत भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार सोमबार देशभर १३ सय ५ मेगावाट बिजुली खपत भएको हो ।

देशभित्र लक्ष्मी पूजाको दिन १३ सय ५ मेगावाट बिजुली खपत हुँदा प्राधिकरणले हिजो ३ सय ८० मेगावाट बिजुली भारत निर्यात गरेको छ ।

निर्यातसहित सोमबार कुल १६ सय ८५ मेगावाट विद्युत प्रणालीमा लोड भएको थियो । सबैभन्दा बढी लोड ६ बजेर १० मिनेट जादा भएको थियो । २०० मेगावाट बिजुली स्पील अर्थात मागभन्दा बढी उत्पादन भएको थियो ।

तिहारको बिदाको कारण उद्योग बन्द भएको हुँदा सामान्य दिनमा भन्दा ४ सय मेगावाट बिजुली खपत कम हुने थियो । तर, सर्वसाधारणले उज्यालोको पर्व तिहारमा झिलिमिली बत्ती बाल्ने हुँदा घरायसी माग बढेर २ सय मेगावाट मात्रै विजुली खेर गएको हो ।

२०७३ सालको लक्ष्मीपूजाको दिन तात्कालीन प्रधानमन्त्री प्रचण्डको कार्यकालमा काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य भएको थियो ।

कमेन्ट गर्नुहोस्