लक्ष्मी पूजापछि नायिका प्रियंका कार्कीको घरमा चोरी

काठमाडौं । नायिका प्रियंका कार्कीको घरमा चोरी भएको छ । सोमबार राति लक्ष्मी पूजा गरिसकेर राखिएमा नगदसहितका गहरगहना गरि झण्डै ६ लाख बराबरको धनमाल चोरी भएको हो ।

ललितपुरको भैसेपाटीस्थित महतो मार्गमा रहेको उनको घरमा लक्ष्मी पूजा गरिसकेपछि कोही नभएको अवस्थामा चोरी भएको हो ।

प्रहरीका अनुसार कार्कीको घरबाट ३० हजार रुपैयाँ, करिब ५ लाख ५० हजार बराबरको विभिन्न गहरगहना चोरी भएको प्रहरीले जनाएको छ । रुपैयाँ बराबरको गरी करिब ५ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल चोरी गरेको छ ।

‘बेलुका लक्ष्मी पूजा गरिसकेपछि घरमा कोही नभएको मौका छोपी चोरी भएको भन्ने खुलेको छ । चोरी गर्नेको विषयमा अनुशन्धान अन्तिम चरणमा पुगेका छौँ,’ जिल्ला प्रहरी परिसर ललितपुरले बतायो ।

कमेन्ट गर्नुहोस्