काठमाडौं । नेपाली कांग्रेसले कुल गार्हस्थ उत्पादनमा वैज्ञानिक अनुसन्धान तथा विकासलाई बढाएर लैजाने प्रतिज्ञा गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । हाल अनुसन्धान तथा विकासमा कुल बजेटको ०.३ प्रतिशत विनियोजन हुँदै आएकोमा त्यसलाई बढाएर ०.७ प्रतिशत पुर्याइने कांग्रेसले मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरेर जारी गरेको घोषणापत्रमा उल्लेख छ ।
यस्तै, डिजिटल नेपालः सुशासन र समुन्नतिको आधार भन्ने नाराका साथ सूचना प्रविधिलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न, प्रविधिमा पहुँच पुर्याएर युवा उद्यमी, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रकी सृजनशिलता प्रवर्द्धन गर्न उपयोग गर्ने नीति ल्याउने छ ।
यस्तै, नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाको नामसारी, सवारी चालक अनुमति पत्र बाहेकका अन्य सम्पूर्ण सेवालाई सूचना प्रविधिको माध्यमार्फत सेवाग्राहीलाई घरमै उपलब्ध हुने प्रणालीको विकास गरिने घोषणापत्रमा उल्लेख छ ।
सातै प्रदेशका राजधानी रहेका सहरमा सूचना ज्ञान पार्क स्थापना गर्ने, २४ सै घण्टा टेलिमेडिसिन सेवा उपलब्ध गराउनको लागि टेलिमेडिसन केन्द्रको स्थापना गरिने घोषणापत्रमा छ ।
विज्ञान, परम्परागत प्रविधि र डिजिटलाइजेसन सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने सरकारी संस्थाहरूले निजी क्षेत्रसँग सहकार्य गर्न नीतिगत रुपमा प्रोत्सहान गरिने उल्लेख छ ।
पूर्णपाठ