रुपन्देहीमा जनमुक्ति पार्टीका ७ जनाको उम्मेदवारी निष्क्रिय, सत्तागठबन्धनलाई सघाउने

बुटवल । सत्तारुढ पाँच दलीय गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीका पाँचवटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा निर्वाचनमा एक अर्कालाई सघाउने भएका छन् । यससँगै रुपन्देही–२ मा जनमुक्तिका उम्मेदवारलाई गठबन्धनले सघाउने छ । अन्यमा जन्मुक्तिका सात जनाको उम्मेदवारी निष्क्रिय पार्न‍े सहमति भएको छ ।

गठबन्धन र जनमुक्ति पार्टीले शनिबार संयुक्त पत्रकार सम्मेलन गर्दै जिल्लाका निर्वाचन क्षेत्रहरूमा साझा उम्मेदवार तय भएकाले सात जना उम्मेदवारको उम्मेदवारी निष्क्रिय पारिएको बताएका छन् । जसअनुसार रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा गठबन्धनले जनमुक्ति पार्टीका केशवबहादुर थापालाई सघाउने भएको छ ।

रुपन्देही २ मा गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा ९एकीकृत समाजवादी०का राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्तिलाई रोजेको हो ।

त्यस्तै, प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा १ र २, तथा क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १, ३, ४ र ५ मा जनमुक्ति पार्टीले गठबन्धनका उम्मेदवारलाई सघाउने छ । जसअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा डीबी थापा, प्रदेशसभा १ मा विमला गुरुङ र प्रदेशसभा २ मा छत्रबहादुर दर्लामी, क्षेत्र नम्बर ३ को प्रतिनिधिसभामा मोजिद अली, प्रदेशसभा २ मा मीनबहादुर पल्लीमगरको उम्मेदवारी निष्क्रिय पारिएको गठबन्धन र जनमुक्तिद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा गठबन्धनका तर्फबाट वार्ता समिति संयोजक राजु गुरुङ, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य वामदेव क्षेत्री, कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, लोसपाका अजय बर्मा, नेपाल समाजवादी पार्टीका कमल खनालले हस्ताक्षर गरेका छन् । विज्ञप्तिमा जनमुक्तिका तर्फबाट भने कसैले हस्ताक्षर गरेका छैनन् ।

कमेन्ट गर्नुहोस्