जब प्रचण्ड साढे ४ दशकअघि गोरखासँग जोडिएको सम्बन्धको ‘फ्ल्यासब्याक’मा पुगे

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा–२ बाट प्रतिनिधिसभाका उम्मेदवार छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

जनयुद्धकालमा प्रचण्डले गोरखामै बसेर थुप्रै योजना बनाए । तर, गोरखासँग प्रचण्डको नाता यतिमै सीमित भने छैन । आजभन्दा साढे ४ दशक (४६ वर्ष) अघि नै गोरखासँग प्रचण्डको सम्बन्ध जोडिएको थियो ।

प्रचण्डले वि।सं। २०३३ देखि २०३६ सम्म गोरखाको आरुघाटमा अध्यापन गरेका थिए । त्यसबेला देखि नै हो प्रचण्ड र गोरखाको सम्बन्ध जोडिएको ।

याे पनि पढ्नुस  गरिबी निवारणमा माओबादी लक्ष्य : बिना धितो ५ लाख ऋण,भूमिहीनलाई लालपूर्जा

गोरखा पुगेका यी क्रान्तिनायकले ४६ वर्षअघिदेखि गोरखासँग जोडिएको सम्बन्ध सम्झिँदै भने, ‘४६ वर्षपहिलेको फ्यासब्याक भयो ।’

हिजो सँगै पढाएका दौतरी शिक्षक, किसान दाजुभाइ, दिदीबहिनीसँग प्रचण्डले खुसी साटे । प्रचण्ड मर्निङ वाक गर्दै ४६ वर्षअघि आफू बसेको घरमा पुगे । नुहाउने धारामा पुगे अनि खाना खाने घरसम्म पुगेर आफ्नो युवावयदेखि नै गोरखासँग जोडिएको सम्बन्ध सम्झिँदै खुसी साटे ।

त्यसो त प्रचण्डका लागि गोरखा मात्र होइन गोरखाका लागि पनि प्रचण्ड प्रिय व्यक्तित्व रहेछन् । आरुटारका किसानका लागि प्रचण्ड प्रिय व्यक्ति रहेछन् । यी क्रान्तिनायकले यसपटक गोरखा रोजेकामा त्यहाँका किसान, शिक्षक, कलाकार र अगुवा व्यक्तित्वहरूले प्रचण्डलाई धन्यवाद दिए ।

याे पनि पढ्नुस  प्रतिनिधिसभाका २५०२ मध्ये महिला उम्मेदवार २३३ मात्रै

प्रचण्डको अगुवाइमा ४६ वर्षअघि नै किसानलाई आधुनिक खेती प्रणाली, कम्पोष्ट मलको निर्माण र प्रयोग तथा चर्पी निर्माणको काम समेत भएको रहेछ ।

आरुटारका किसान, शिक्षक तथा अगुवाहरू ४६ वर्षअघिदेखि नै प्रचण्डको कुशल नेतृत्वदायी क्षमताका बारेमा परिचित रहेछन् । सांस्कृतिक टिम निर्माण, सामाजिक चेता र जागरणमा आजभन्दा साढे ४ दशकअघि प्रचण्डले खेलेको भूमिकाका बारेमा उनीहरूले प्रचण्डलाई सम्झना गराए ।

आफ्नो युवावस्थादेखि नै अन्योन्याश्रित सम्बन्ध गाँसिएको गोरखा पुग्दा प्रचण्ड खुसीले गदगद देखिन्थे । उता, स्थानीयहरू पनि आफ्नो पुरानो साथीलाई स्वागत गर्न पाउँदा निकै खुसी देखिन्थे ।

याे पनि पढ्नुस  आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण गर्ने

आरुघाटमा स्थानीहरूसँग कुरा गर्दै प्रचण्डले आफ्नो जीवनकालमा धेरै उतारचढाव भएको र धेरै नागरिकहरूको अधिकार स्थापित गर्न सफल भएको बताए । ४६ वर्षअघि आफूले शिक्षण गरेको ठाउँमा आउन पाउँदा प्रचण्डले खुसी व्यक्त गरे ।

चुनावी भेटघाटको क्रममा गोरखा आइ पुग्नुभएका पूर्व प्रधानमन्त्री प्रचण्ड दुइ दिन सम्म गोरखा रहने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य लेख बहादुर थापा मगरले जानकारी दिए।

कमेन्ट गर्नुहोस्