गोरखा सम्वाददाता । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आफ्नो जीवन कालमा भएको राजनैतिक परिवर्तन फिल्म जस्तो लागेको बताएका छन् ।
हिजो साँझ जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ९ स्थित आरुटारमा स्थानीयहरुसँग कुरा गदैैै दाहालले आफ्नै जीवनकालमा धेरै उतारचढाव भएको र धेरै नागरिकहरुका अधिकार स्थापित भएकाले फिल्म जस्तो लागेको बताए ।
४६ वर्ष पहिले शिक्षणको क्रममा आफू बसेकै स्थानमा आउन पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै अध्यक्ष प्रचण्डले समकालिन समयका दर्जन बढी सहपाठीहरुलाई स्मरण गरे ।
आफ्नो उम्मेदवारी गोरखाबाट हुनु गोरखाको लागि महत्वपूर्ण भएको अध्यक्ष प्रचण्डको भनाई थियो । मध्यपहाडी लोकमार्ग,बुढीगण्डकी जलविद्युत परियोजना,बेनिघाट आरुघाट लार्के सडक निर्माणको काम समयमै सम्पन्न गरिने अध्यक्ष प्रचण्डले बताए ।
चुनावी भेटघाटको क्रममा गोरखा आएका पूर्व प्रधानमन्त्री प्रचण्ड दुइ दिन सम्म गोरखा रहने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य लेख बहादुर थापा मगरले जानकारी दिए ।