काठमाडौं । सत्ता साझेदार दल निकट विद्यार्थी संगठनले निर्वान परिचालनको साझा सयन्त्र बनाएका छन् ।
अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यलयमा बसेको सत्ता गठबन्धन दलका विद्यार्थी नेताहरुको बैठकले देशैभरका साझा संयन्त्र बनाएर चुनावमा होमिने निर्णय गरेको हो ।
उक्त बैठकले १६५ प्रतिनिधिसभा र ३३० वटै प्रदेशसभामा साझा सयन्त्र निर्माण गरी गठबन्धनका उम्मेदवारहरुलाई चुनाव जिताउन भुमिका निर्वाह गर्ने निर्णय गरेको अखिल(क्रान्तिकारी)का महासचिव दिपेश पुनले जानकारी दिए ।
संयुक्त विद्यार्थी संगठनका नेताहरु ने.वि.संघ अध्यक्ष ढुजाङ शेर्पा, अखिल(क्रान्तिकारी) अध्यक्ष पंचा सिंह, अनेरास्ववीयू अध्यक्ष सुदेश पराजुली, लोकतान्त्रिक विद्यार्थी संघका अध्यक्ष रोशन कुमार मिश्र, अखिल छैटौंका अध्यक्ष देवेन्द्र कुँवर र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईले संयुक्त रुपमा हस्ताक्षर गरी परिपत्र जारी गरेका हुन् ।
यस्ता छन् संयुक्त विद्यार्थी संगठनका निर्णय
१.संयुक्त विद्यार्थी संगठनका अध्यक्षहरु गठबन्धनका शिर्ष नेतृत्व र विद्यार्थी संगठनका पूर्व अध्यक्षहरुको निर्वाचन प्रचारमा सहभागी बन्ने ।
२.संयुक्तविद्यार्थी निर्वाचन परिचालन समिति सम्वन्धित निर्वाचन क्षेत्रको उम्मेदवार संग जोडिएर परिचालनको कार्यक्रम बनाउने।
३.संयुक्त विद्यार्थी निर्वाचन परिचालनको बैठक आलोपालो अध्यक्षतामा बस्ने ।
४.सम्बन्धित निर्वाचन क्षेत्रमा मतदाता भएका संयुक्त विद्यार्थी संगठनका पदाधिकारीहरुसँग आवश्यक समन्वय गर्ने ।
हेर्नुहोस् संयुक्त विद्यार्थी संगठनको चुनावी साझा सयन्त्र