ललितपुर- ३ : डा‍‍. तोसिमा कार्कीको उम्मेदवारी अयोग्य ठहर

काठमाडौं । निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको हो ।

याे पनि पढ्नुस  शीर्ष नेताको फोटोसहित ‘नो, नट अगेन’ प्रचार गरे १ लाख जरिवाना र पाँच वर्ष कैद गर्ने आयोगको चेतावनी

कार्की २०७८ साल पुस २ गतेदेखि ४ वर्षका लागि काउन्सिलको निर्वाचित सदस्यका रूपमा बहाल रहेको पाइएको आयोगले जनाएको छ ।

कार्यकारी सदस्यको हैसियतमा २०७९ वैशाख ९ देखि भदौ २ सम्म भत्ता बुझेको पाइएको आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्