पाल्पा हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको दुर्घटना, ५ जनाको मृत्यु

नवलपरासी । पाल्पाको रम्भा गाउँपालिका १ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस बुलिङटार गाउँपालिका २ मथरा भन्ने ठाउँमा दुर्घटना भएको छ ।

दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको भएको छ । भने अन्य २८ जना घाइते भएको नवलपरासी प्रहरीले बताएको छ । उनीहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ।

दुर्घटनाको कारण र मृतकको सनाखत हुन बाँकि छ ।

कमेन्ट गर्नुहोस्