प्रचण्ड जस्तो पपुलर र प्रगतिशील नेता अर्को छैन, अबको प्रधानमन्त्री उहाँ नै हो : बाबुराम भट्टराई

गोरखा। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको प्रधानमन्त्री प्रचण्ड हुने बताएका छन्। आइतबार गोरखाको चित्रपोखरीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै बाबुरामले माओवादी अध्यक्षसमेत रहेका प्रचण्ड अबको प्रधानमन्त्री हुने बताएका हुन्।

गोरखा क्षेत्र–२ बाट निर्वाचित जनप्रतिनिधि आगामी दिनमा प्रधानमन्त्री र मुख्यमन्त्री बनेपछि जिल्लाको विकास हुने भट्टराईको दाबी छ। उनले भने, ‘कसैले अन्यथा नमाने हुन्छ, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री। यही क्षेत्रले प्रधानमन्त्री र मुख्यमन्त्री पाइसकेपछि हाम्रो विकासको सपना पूरा नहुने कुरै छैन।’ प्रचण्ड गोरखा क्षेत्र–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार र सुरेन्द्र पाण्डे प्रदेशसभा सदस्य उम्मेदवार रहेका छन्।

याे पनि पढ्नुस  मिडिया अनुगमनमा सेना र प्रहरी खटाउने निर्णयबाट पछि हट्यो आयोग

साथै, उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मुर्खतापूर्ण हर्कतका कारण गठबन्धन बनाउनुपरेको जिकिर गरे।

भट्टराईले अहिले नेपालको सन्दर्भमा प्रचण्ड जस्तो पपुलर र प्रगतिशील नेता अर्को नरहेको पनि जिकिर गरे।

‘नेपालको सन्दर्भमा अहिलेकै सबैभन्दा पपुलर र प्रगतिशील व्यक्ति प्रचण्ड हो’, उनले भने, ‘जसलाई काठमाडौंदेखि आएर पत्रकारहरुले बिहानभरी कुरेर भेटिरहेका छन्। उहाँको नेतृत्वमा अब गोरखाले विकासको फड्को मार्नेछ।’

कमेन्ट गर्नुहोस्