दाङमा प्रतिगामीहरूको ढाड सेक्छौं : पूर्वमन्त्री शर्मा

घोराही। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री रेखा शर्माले आगामी मंसिर ४ गतेको निर्वाचनमा दाङमा प्रतिगामी शक्तिहरूको ढाड सेकिने बताएकी छन्। दाङ निर्वाचन क्षेत्र नं २ बाट सत्तारूढ दलहरूको तर्फबाट प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार समेत रहेकी शर्माले दाङमा गठबन्धनको जित सुनिश्चित भएको बताइन्।

याे पनि पढ्नुस  तथाकथित बैकल्पिक राजनीति : राजावादी भ्रम र बिदेशी स्वार्थ

हामी दाङलाई समृद्ध बनाउन चाहन्छौं, दाङको विकासको स्पष्ट खाका हामीसँग छ, उनले भनिन्, मतका हिसाबले प्रतिगामी गठबन्धन भन्दा धेरै अघि छौं, एमाले दाङमा तीब्र असन्तुष्टि देखिएको छ, त्यो मत पनि हामीलाई आउँछ।’

एमाले नेता शंकर पोखरेल अध्ययन मननमा राम्रै नेता भए पनि जनताको प्रतिनिधि भएर जनताको सेवा गर्ने नेचरको नभएको शर्माको भनाइ छ। दाङमा उहाँले निर्वाचन जितेको भन्दा हारेको ईतिहास धेरै छ, शर्माले भनिन्,यसपटक पनि उहाँले निर्वाचन जित्ने कुनै आधार छैन।’

याे पनि पढ्नुस  दलहरूलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन

टिकट वितरणमा एमालेल इमान्दार तथा पुराना नेता कार्यकर्तालाई पाखा लगाएर अवसरवादीहरूलाई काखि च्यापेको उनको आरोप छ। नेपाली काङ्ग्रेसका नेता एवं प्रदेशसभा २ ९१० का गठबन्धनका साझा उम्मेदवार राजु खनालले मंसिर ४ पछि पनि पाँच वर्ष नै एमाले सरकार बाहिर बस्ने बताए। उनले साढे तीन वर्ष मुख्यमन्त्री हुँदा शंकर पोखरेलले कुनै गतिलो काम गर्न नसकेको बताए।

कमेन्ट गर्नुहोस्