गुजरातमा झोलुंगे पुल भत्किँदा १५० बढीको मृत्यु

गुजरात । भारतको गुजरातको मौरबीमा एउटा झोलुंगे पुल भत्किन पुग्दा डेढसय जना बढीको मृत्य भएको छ ।

शनिबार साँझपख मानिसहरु पुलमा जम्मा भएको बेला पुल भत्किएको थियो ।

पुलमा करिब ५ सय जना उपस्थित रहेको बेला भार थेग्न नसकी पुल टुटेको प्रहरीले जनाएको छ । उक्त घटनामा २ सय भन्दा बढी नदीमा डुबेका थिए ।

मर्मत सम्भारका लागि विगत ६ महिनादेखि बन्द रहेको पुल गत २५ अक्टुबरका दिन खोलिएको थियो । यसको उदघाटन २० फेब्रुअरी १८७९ मा बम्बईका गभर्नर रिचर्ड टेम्पलले गरेका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी घटनास्थलमा पुगेका छन् । भारतीय जनता पार्टी, कांग्रेस लगायतका दलहरुले आज आयोजना गरिएका सबै कार्यक्रम रद्द गरेका छन् ।

कमेन्ट गर्नुहोस्