आगामी ५ वर्षभित्र गोरखाको धुलो र ढुंगा सफा गरिन्छ : प्रचण्ड

गोरखा। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार समेत रहेका प्रचण्डले आगामी ५ वर्षभित्र गोरखाका सबै सडकमा रहेको धुलो र ढुंगाहरु सफा गर्ने बताएका छन्। आइतबार गोरखाको पालुङटारमा भएको अनौपचारिक भेटघाटका क्रममा प्रचण्डले यस्तो प्रतिवद्धता गरेका हुन्।

याे पनि पढ्नुस  लमजुङमा दुई ‘हेभिवेट’ नेताबीच प्रतिस्पर्धा

उनले आफु २०७४ सालमा चितवनबाट निर्वाचन लड्ने बेला त्यहाँका सडक पनि त्यस्तै धुलाम्मे रहेको र धुलो हटाएर पिच गर्ने भनेर आफुले गरेको प्रतिवद्धता पुरा भएको भन्दै गोरखामा पनि आगामी ५ वर्षमा सबै सडकमा धुलो र ढुंगा हटाएर पिच गर्ने बताएका हुन्।

याे पनि पढ्नुस  मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमति लिनु नपर्ने

प्रचण्डले आफ्ना लागि गोरखा जिल्ला परिचित रहेको भन्दै अहिले गोरखाबाट विकास र समृद्धिको यात्रा सुरु गर्छौ भन्न पाउँदा विशेष गर्वको महशुस भएको बताए।

उनले मंसिर चारको निर्वाचन प्रतिगमन र अग्रगमकारी बीचको लडाइका रुपमा रहेको भन्दै धेरै लामो संघर्ष र धेरै लामो बलिदानपछि संविधान बनेको भन्दै यसलाई प्रतिगमनकारीहरु अझै उल्ट्याउन लागिरहेको बताए।

कमेन्ट गर्नुहोस्