माओवादीको घोषणापत्र : कार्यकारी राष्ट्रपति, जननिर्वाचित प्रदेश प्रमुख (पूर्णपाठ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुख बनाउने एजेन्डा तय गरेको छ । त्यसका लागि अहिलेको संविधान संशोधन गर्नुपर्ने हुन्छ।

अध्यक्ष प्रचण्डले सोमबार सार्वजनिक गरेको प्रतिनिधि र प्रदेश सभा चुनावको प्रतिवद्धतापत्रमा स्थिरता, शान्ति र समृद्धिका लागि शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने उल्लेख छ।

विगतको अनुभव र जनचाहनाका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउनका लागि विद्यमान शासकीय स्वरूप र पद्धतिमा परिवर्तन गर्न आवश्यक भएकोले संविधान संशोधन गर्ने माओवादीले बताएको छ। उसले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिएको छ।

याे पनि पढ्नुस  ताप्लेजुङमा एमालेका योगेश भट्टराई भन्दा माओवादीका बुढाक्षेत्री अगाडि

‘संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिने छ,’ माओवादीको प्रतिवद्धतापत्रमा भनिएको छ, ‘ संसद मूलतः विधायन क्षेत्रमा केन्द्रित हुने व्यवस्था गरिने छ।’

यस्तै प्रदेश प्रमुख चुन्न पनि जनताबाट प्रत्यक्ष निर्वाचन गर्ने प्रतिवद्धता माओवादीले गरेको छ।

याे पनि पढ्नुस  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार मेहताको उम्मेदवारी खारेज

‘प्रदेशमा पनि संघमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा गठित मन्त्रीमण्डल रहने र विधायन क्षेत्रमा मात्र केन्द्रित हुने प्रदेश सभाको गठन गरिने छ,’ प्रतिवद्धतापत्रमा लेखिएको छ, ‘१६५ सिटको प्रतिनिधिसभा र ५५ सिटको राष्ट्रियसभा भएको सब्घीय संसद र समग्रमा ३३० सिटको प्रदेशसभा हुनेछ । संघमा २५ जनामा नबढाई र सम्बन्धित प्रदेशसभामा कुल सांसद संख्याको १५ प्रतिशतमा नबढाई सानो आकारको मन्त्रीमण्डल गठन गर्ने व्यवस्था गरिने छ ।’

याे पनि पढ्नुस  रुपन्देहीको विकास देश विकासको आधार : गृहमन्त्री खाण

हेर्नुहोस् पूर्णपाठ :

कमेन्ट गर्नुहोस्