पूर्व मन्त्री बिना मगरको चुनावी घर दैलो कार्यक्रम : मतदाताको आशा र भरोसा मगरसँग धेरै

कञ्चनपुर । पूर्व खानेपानी मन्त्री बिना मगरले प्रतिनिधि सभा सदस्यका लागि आफ्नो गृह जिल्ला कन्चनपुर निर्वाचन क्षेत्र नं. १ अन्तर्गतबेलौरी नगरपालिका वडा नं. ३, ४ र ६ मा सोमबार बृहत् घर दैलो कार्यक्रम गरेकी छन्।

आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कन्चनपुर क्षेत्र नम्बर १ बाट पूर्व मन्त्री मगर साझाउम्मेदवार रहेकी छन् । मगर सहित प्रदेश सभा सदस्य– १ (क) बाट बन्धु राना र प्रदेश सभा सदस्य– १ (ख)बाट दिवान सिंह विष्टलगायतका उम्मेदवारहरु घर दैलो अभियानमा जुटेका छन ।

याे पनि पढ्नुस  माओवादीको प्रतिबद्धता : प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली

राना र विष्ट नेपाली काँग्रेसको तर्फबाट सूदुरपश्चिम प्रदेश सभा सदस्यकालागि प्रत्यक्षमा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभामा दिपा चौधरी र प्रतिनिधिसभाको लागि समानुपातिक तर्फ प्रेम सिंह बोहरा र राम बहादुर देवकर
‘रक्तबीज’को नाम छ । बोहराखस आर्य र देवकर दलित समुदायको कोटामा समानुपातिक सूचीमा रहेका छन्। चुनावी घर दैलो कार्यक्रममा पूर्व मन्त्री मगर सहित सबैउम्मेदवारहरु सक्रिय रुपले लागिरहेका छन ।

याे पनि पढ्नुस  मिडिया अनुगमनमा सेना र प्रहरी खटाउने निर्णयबाट पछि हट्यो आयोग

नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य समेत रहेकी मगर यसअघि २०७४ सालको चुनावमा पनि यहीँ क्षेत्रबाट विजयी भएकी थिइन् ।

घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार मगरले कन्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत बेलौरी, पुनर्वासनगरपालिका, लाल झाडी र बेलडाडीको समग्र विकास जस्तै सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा बढी जोड दिने बताएकी छन् । निर्वाचित भए अहिलेको गठबन्धन कै समयमा यी सबै काम पुरा गरेर छाडिने उनले बताइन्।

याे पनि पढ्नुस  निर्वाचनमा मतदाताले चार मतपत्रमा मतसंकेत गर्नुपर्ने

कन्चनपुर स्थित नेपाल र भारत बीच रहेको सीमा र भन्सारको समस्या समाधानमा आफूहरुले महत्वपूर्ण भूमिका खेल्ने र कन्चनपुरबासीहरुको बर्षौ देखिको समस्या हल गर्ने कार्यक्रममा उनले प्रतिबध्दता जनाइन् ।

कमेन्ट गर्नुहोस्