शोषित पीडित वर्गको आशा भरोसाको केन्द्र माओवादी केन्द्र मात्र होः बम

बाँके । बाँके क्षेत्र नं. २ (ख) बाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका अक्क बहादुर बमले व्यवस्था बदलिए पनि अवस्था नबदलिएको बताउँदै अवस्था बदल्न माओवादी केन्द्रलाई जिताउनुपर्ने बताएका छन् ।

बाँके क्षेत्र नं. २ का जनताहरूले माओवादी केन्द्रप्रति देखाएको आशा विश्वासलाई आफूहरूले सदैव सम्मान गर्ने उनको प्रतिबद्धता थियो ।

बाँके क्षेत्र नं. २ (ख) बाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका अक्क बहादुर बमले मधेशका हजारौँ नागरिक अझै नागरिकताविहीन रहेको बताउँदै मधेशीहरूबाट डराएका शासकहरू उनीहरूलाई नागरिकताबाट वञ्चित बनाइरहेको बताए ।

नागरिकताविहीनहरूका लागि अझै संघर्ष गर्नुपर्ने उनको भनाइ थियो । बमले शोषित पीडित वर्गको आशा भरोसाको केन्द्र माओवादी केन्द्र मात्र रहेको दाबी गरे ।

कमेन्ट गर्नुहोस्