माओवादी केन्द्र चापाकोट नगरले मनाइयो सहिद गैह्रे र खनालको २१ औं स्मृति दिवस

स्याङ्जा। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, चापाकोट नगरपालिकाले सहिद यामेश गैह्रे (विधान) र हरि खनाल (गौरव) को २१ औँ स्मृति दिवस मनाइएको छ ।

चापाकोट नगर कमिटीको पुर्ण बैठक तथा सहिद यामेश गैह्रे (विधान) र हरि खनाल (गौरव)को २१ औँ स्मृति दिवस सोमबार चापाकोटमा एक कार्यक्रम गरी मनाइएको हो ।

वि.स.२०३९/१२/१९ मा जन्मेका यामेश गैह्रे (विधान) तिष्ण वुद्धि भएका क्रान्तिकारी योद्धा थिए । बेथिति र विसंती विरुद्ध खरो आलोचना गर्ने उनलाई वि.स. २०५८/०७/१४ मा प्रतिकार समुहको नाममा सांघातिक आक्रमणमा गरी मारिएको थियो । उनी जनयुद्धमा स्याङ्जाबाट सहिद हुने पहिलो सहिद पनि हुन् । साथै उक्त आक्रमणमा परि गम्भिर घाइते भएका हरि खनाल ‘गौरब’को भने अर्को दिन उपचारको क्रममा निधन भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य खिम कुमार विक (हिक्मत) को प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा सहिद परिवारको तर्फबाट यामेश गैह्रेका भाई प्रितम गैह्रे, वाइसीएल केन्द्रीय सचिव चन्द्र बहादुर थापा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक प्रकाश न्यौपाने (किरण) लगायतले आफ्नो भनाई राखेका थिए ।

रुक वीर विकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्रका चापाकोट नगर सचिव विनोद खनालले गरेका थिए ।

कमेन्ट गर्नुहोस्