स्याङ्जा १ (क) मा सुन्दास र थापाबीच प्रस्तिपर्धा, कस्लाई कति सहज

स्याङ्जा। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर १ (क) मा ६ राजनीतिक दल सहित स्वतन्त्र समेत चुनावी मैदानमा उत्रिएका छन् ।

सो क्षेत्रमा ६ राजनीतिक दलबाट ६ जना र स्वतन्त्रबाट १ गरी जम्मा ७ जनाको उम्मेदवार चुनावी प्रतिर्शपर्धामा उत्रेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश सभा सदस्यको एक पदका लागि स्याङ्जा क्षेत्र नं १ (क) बाट नेकपा (एमाले) सीता कुमारी सुन्दास, बाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी अमृत थापा, हाम्रो नेपाली पार्टीबाट मकवुल मियाँ, मंगोल नेशनल अर्गनाइजेसनबाट तीर्थ गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यलाल श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका भुवन सिं थापा र स्वतन्त्रबाट दुर्गादत्त भुसाललको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

यस क्षेत्रमा कुल ६२ हजार ५५७ मतदाता रहेका छन् । तीमध्ये ३९ हजार ५५८ पुरुष, ३१ हजार ९९९ महिला मतदाता रहेका छन् ।

यस निर्वाचन क्षेत्रमा बिरुवा गाउँपालिकाका, हरिनास गाउँपालिका, वालिङ नगरपालिकाको ३, ४, भीरकोट नगरपालिकाको १, २, ३ र ४ र पुतलीबजार नगरपालिकाको १, २, ७, ८, ९, १०, ११ र १२ वडा समेटिएका छन् ।

गत बैशाखमा भएको स्थानीय चुनावको मत हेर्दा स्याङ्जा क्षेत्र १ (क)मा गठबन्धनका उम्मेदवार अगाडि देखिन्छन् । गठबन्धनको मतमै अगाडी देखिएकी माओवादी नेतृ अमृता थापा गण्डकी प्रदेशको मुख्यमन्त्रीको सम्भावित व्यक्ति समेत हुन् । जनजाति बाहुल्यता भएको स्याङ्जा क्षेत्र १ (क) गठबन्धनको राम्रो मत भएको क्षेत्र भएकाले पनि अमृता थापालाई चुनाव एमाले नेतृ सिता सुन्दासलाई भन्दा केहि सहज देखिन्छ ।

बिरुवा गाउँपालिकामा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ४ हजार ३ सय ३१ मत ल्याउँदा नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत ४ हजार ८ सय ५० रहेको छ । नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरुले ५३६, मंगाल नेशनल अर्गनाइजेसनले १२१, समाजवादीले ११५ र राप्रपाले १०० मत ल्याएका छन् ।

हरिनास गाउँपालिकामा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ३ हजार ८ सय १३ मत ल्याउँदा नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत ४ हजार ८ सय १० रहेको छ । नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरुले ८५० र समाजवादीले २४ मत ल्याएका छन् ।

क्षेत्र न. १ (ख) मा पर्ने भीरकोट नगरपालिकाको वडा १, २, ३, ४ मा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ३ हजार २ सय ३० मत ल्याउँदा नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत २ हजार १ सय ९२ रहेको छ ।

क्षेत्र नं १ (ख) मा पर्ने वालिङ नगरपालिका २ र ४ वडामा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले १ हजार २ सय १० मत ल्याउँदा नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत १ हजार ३ सय ७ र जनता समाजवादीको १४ मत रहेको छ । नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरुले ४३, मंगाल नेशनल अर्गनाइजेसनले ४७ र राप्रपाले २१ मत ल्याएका छन् ।

क्षेत्र नं १ ९क० मा पर्ने पुतलीबजार नगरपालिकाको १, २, ७, ८, ९, १०, ११ र १२ वडा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ४ हजार ९ सय ६१ मत ल्याउँदा नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत ४ हजार ६ सय ४१ रहेको छ । नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरुले ४ सय १८, राप्रपाले ४ सय २२, मंगाल नेशनल अर्गनाइजेसनले १ सय ४, एकीकृत समाजवादीले २२ र स्वतन्त्रले ११६ मत ल्याएका छन् ।

यसरी नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवारहरुले १७ हजार ५ सय ४५ मत ल्याएका छन् भने यहाँ नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत १७ हजार ८ सय रहेको छ । नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरुले १ हजार ८ सय ४७, राप्रपाले ५ हजार ४३, मंगाल नेशनल अर्गनाइजेसनले २ सय ७२, एकीकृत समाजवादीले १ सय ६१ र स्वतन्त्रले १ सय १६ मत ल्याएका छन् । सत्ता गठबन्धन र एमालेबीच स्थानीय चुनावको मत हेर्दा दुई हजार बढी मतान्तर देखिन्छ ।

सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादीकी अमृत थापा र एमालेकी उम्मेदवार सीता कुमारी सुन्दासले चुनाव जित्ने दाबी गरिरहेका छन् । उनीहरु चुनावी प्रचार प्रसारका कार्यक्रमहरु निरन्तर लागिरहेका छन् ।

गत प्रदेशसभा निर्वाचनमा यस क्षेत्रबाट नेकपा माओवादीका दीपक थापा १७ हजार ३ सय ९२ मत ल्याई विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमलप्रसाद पंगेनीले १४ हजार ६ सय ६६ मत ल्याएका थिए।

स्याङ्जा क्षेत्र नम्बर १ (क) मा ५४ मतदानस्थल र ८५ मतदान केन्द्र निर्धारण गरिएको छ ।

कमेन्ट गर्नुहोस्