जीवन आचार्यलाई समर्थन गर्दै नवीन दाहालद्वारा उम्मेदवारी फिर्ता

मोरंग । मोरंगको निर्वाचन क्षेत्र नं. ६ (ख)मा नेपाली कांग्रेसका तर्फबाट विद्रोही उम्मेदवार बनेका नवीन दाहालले उम्मेदवारी फिर्ता लिएका छन् ।दाहालले आफ्नो उम्मेवारी निष्क्रिय पारी बाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेवार बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार जीवन आचार्यलाई समर्थन गर्ने जनाएका छन् ।

याे पनि पढ्नुस  प्रचण्ड जस्तो पपुलर र प्रगतिशील नेता अर्को छैन, अबको प्रधानमन्त्री उहाँ नै हो : बाबुराम भट्टराई

उक्त क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट युवा नेता जीवन आचार्य चुनावी मैदानमा रहेका छन् । प्रतिनिधि सभाका लागि भने नेपाली कांग्रेसका नेता शेखर कोइराला उम्मेदवार छन् ।

स्वच्छ तथा इमान्दार छविका रुपमा परिचित नेता दाहालले आज शेखर कोइरालासँग छलफलपछि आफ्नो उम्मेदवारी फिर्ता लिएको बताए ।

याे पनि पढ्नुस  जाजरकोटका मतदाता भन्छन्- शक्ति बस्नेत गाउँमा आउँदा उम्मेदवार होइन, छोरै फर्केझैँ लाग्यो

युवा नेता जीवन आचार्यले निर्वाचन क्षेत्र र प्रदेशकै समृद्धि र विकासका एजेण्ड अघि सारेर निर्वाचनमा होमिएको अवस्थामा त्यसको समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको उनले बताए ।

कोइरालासँग छलफलपछि विज्ञप्तीमार्फत दाहालले आफ्नो मुख्य चाहना जनताको अपेक्षा पुरा गर्न विकास र समृद्धि नै रहेको बताउँदै पार्टीले यही एजेण्डालाई मुख्य बनाएको बताउँदै गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अपील समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्