एमाले नेतृ अष्टलक्ष्मीसँग हँसिया हथौडामा भोट माग्दै मानुषी यामी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माानुषी यमी भोट माग्न एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको घरमा पुगेकी छिन्।

माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर उठेकी मानुषीले मंगलदबार दिउँसो शाक्यको घरमा पुगेर आफ्ना लागि भोट मागेकी हुन्।

शाक्य यसपटक निर्वाचनमा उम्मेदवार बनेकी छैनन्। नेपाल समाजवादी पार्टीकी नेतृ समेत रहेकी मानुषीलाई माओवादीले‍ साथ दिएपछि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी छिन्।

शाक्यका अनुसार मानुषीले यो पटक आफूलाई भोट हाल्न अनुरोध गरेकी थिइन्। उनले पुरानो पुस्ताबाट राजनीतिमा धेरै कुरा सिकेको बताउँदै यो पटक सहयोग गर्न आग्रह गरेकी हुन् ।

कमेन्ट गर्नुहोस्