काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ शैली फरक प्रस्तुतिमा चुनाव केन्द्रीत र्याप गीत ल्याएको छ । माओवादी केन्द्रले चुनाव प्रचारका लागि ल्याएका धेरै गीति मध्ये ‘भोट फोर प्रचण्ड’ बोलको र्याप गीत पनि एक हो ।
चुनावको समयमा प्रचारप्रसारका लागि विभिन्न माध्यमको प्रयोग गरिन्छन् । त्यसमध्ये संगित पनि एक हो । पार्टीहरूले घोषणापत्र , अपिलसँगै गीत लगायतका प्रचार सामग्री प्रयोग गर्दै आएका छन् ।
पछिल्लो समय शहर केन्द्रीत युवा पुस्ताको क्रेज र्याप गीतमा रहेको युवाहरुमाझ माओवादीको विचार सिद्धान्त एंव कार्यलाई पुर्याउनको लागि र सबै किसिमका कला संस्कृति संगितलाई सम्मान गर्ने धेयले फरक शैलीको गीत बजारमा ल्याएको माओवादी केन्द्र निकट कलाकारहरु बताउँछन् । गीत करिब ३ मिनेट ३० सकेण्डको छ । गीतमा गायक जगत तिरुवाले स्वर दिएका छन् भने संगीत पनि तिरुवाको नै रहेको छ ।
यस्तो छ चुनावी र्याप गीत