काठमाडौं । कतार सरकारले विश्वकप आयोजनाको अवधिभर विश्वका खेलप्रेमी दर्शकहरूलाई कतार प्रवेशमा सजिलो होस भनेर भिसाको रूपमा हाया कार्ड वितरण गरेको छ । हाया कार्ड विश्वकप फुटवल प्रतियोगिता अवधिभरको लागि भिसा जस्तै प्रवेस पास हो तर, यो वर्क परमिट भने होइन । हाया कार्डले जिसिसका ६ वटा राज्यमा विश्प्रवकप प्रतियोगिता चल्ने समयमा प्रवेश पाइन्छ ।
नेपाली जनमानसमा हाया कार्डबारे थुप्रै प्रश्न उब्जिएको छ । तिनै प्रश्नका जवाफ सजिलै पाउन सकियोस भन्ने हेतुले हामीले यो सुचनाहरू सम्प्रेषणका लागि प्रेसित गरेका छौं ।
के हो हाया कार्ड , कसरी निवेदन दिने ?
· विश्वकप फुटवल आयोजना हुने समयावधिभर कतार प्रवेशको लागि चाहिले कार्ड नै हाया कार्ड हो ।
· हाया कार्ड नै विश्वकप फुटवल आयोजना हुने समयावधिभरको लागि कतार प्रवेशाज्ञापत्र वा भिसा हो ।
· जस–जसले विश्वकप फुटवल हेर्न कतार जानको लागि टिकट लिएका छन् वा लिने तयारी गर्दै छन् , उनीहरुले अवश्यपनि हाया कार्डको लागि आवेदन दिनुपर्ने छ ।
· अन्तर्राष्ट्रिय फुटवल फ्यानहरूले विश्वकप फुटवल हेर्न टिकट मात्रै लिएर हुदैन कतार प्रवेशाज्ञापत्र (हाया कार्ड) पनि साथैमा बोक्नुपर्ने हुन्छ ।
· हाया कार्डको लागि अनलाइनबाटै आवेदन दिन सकिन्छ । डिजिटल हाया कार्ड बनाउंन विदेशी फुटवल फ्यानहरूले बस्ने व्यवस्था अथवा होटलको कन्फरमेशन गर्नुपर्ने हुन्छ ।
· हाया कार्ड भएपछि कतार प्रवेश र विश्वकप फुटवल आयोजना भैरहेका रंगशालामा प्रवेश सजिलै पाइन्छ ।
· हाया कार्ड अनलाइनबाट आवेदन दिन https://hayya.qatar2022.qa/web/hayya / Qatar2022.qa मा भिजिट गर्नुपर्छ भने मोबाइलमा Haya to Qatar 2022 एप डाउनलोड गरेर एप मार्फत आवेदन दिन पनि सकिन्छ । यो एप
एप्पल ( IOS), एन्ड्रोइड तथा हुवावेका सबै मोबाइल फोनमा उपलब्ध छ ।
· हाया कार्ड कतार सरकारद्वारा संचालित प्रवेश प्रकृया हो । हाया कार्ड सम्बन्धि कुनै पनि प्रकृयामा फिफा उत्तरदायी छैन ।
· हाया सम्बन्धि कुनै पनि जानकारी चाहिएमा [email protected] मा log in गरेर बुझ्न सकिन्छ भने ८००.२०२२ (कतार) वा अन्तर्राष्ट्रिय नम्बर (+९७४) ४४४१.२०२२ मा कल गरेर पनि बुझ्न सकिन्छ ।
· अन्य कुनै पनि जानकारी चाहिएमा वा विश्वकप फुटवल प्रतियोगिताको टिकट लिएर बसोवासको व्यवस्था मिलाउंन [email protected] मा log in गरेर बुझ्न सकिन्छ ।