मानेन साउदीले नेपालको आग्रह, दियो विवेक दाहाललाई मृत्युदण्ड

काठमाडौं । १५ वर्षदेखि जेलजीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई साउदी अरब सरकारले मृत्युदण्ड दिएको छ। नेपाल सरकारले बारम्बार गरेको आग्रहलाई अस्वीकार गर्दै साउदी अरबको सरकारले दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो।

दाहालको शवलाई परिवारको सहमतिबिनै दफन गरिएको छ। उनलाई मृत्युदण्ड दिइएको ४८ घन्टापछिमात्र नेपाली दूतावासलाई सूचना दिइएको हो।

दाहालले मोरङका आफन्त राजेन्द्र विष्टको सन् २००७ सालमा हत्या गरेका थिए। सो घटनामा घाइते भएका सुडानी नागरिकको दुवै आँखामा क्षति पुगेको थियो ।

साउदीसहित प्रमुख गन्तव्य मुलुकमा कम्तीमा १० नेपालीले मृत्युदण्डको सजाय पाइसकेका छन्। विभिन्न अपराधमा सजाय पाएका झन्डै ५ सय नेपाली जेलमा छन्।

कमेन्ट गर्नुहोस्