संविधानको संरक्षण गर्ने मुख्य जिम्मेवारी माओवादी केन्द्रको हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानको संरक्षण गर्ने मुख्य जिम्मेवारी माओवादी केन्द्रको रहेको बताएका छन् ।माओवादी गोरखा–काठमाडौं सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गोरखाको ऐतिहासिकताको संरक्षण गर्दै देशको समृद्धिको अभियान गोरखाबाट सुरु गर्ने बताए । उनले अहिलेको निर्वाचन सामान्य रुपमा लिन नहुने बताए । निर्वाचनलाई अग्रगमन र प्रतिगमनको लडाईको रुपमा लिनुपर्ने बताए । लोक–बाम गठबन्धन शान्ति सम्झौता देखि अहिलेसम्मका अधिकार र उपलब्धिको रक्षा गर्ने उदेश्यले बनाइएको बताए । उनले निर्वाचन मार्फत प्रतिगमन तर्फ देशलाई धकेल्ने प्रवृतिलाई परास्त गर्नुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले देशलाई गतिमा लैजान लामो संघर्षपछि बनेको संविधान परिमार्जन गरेर अघि बढ्नुपर्ने बताए । संविधानमा संरचनागत सुधार गर्न भएको बताए । संविधान परिमार्जन र रक्षाको सबैभन्दा बढी जिम्मेवारी माओवादीको रहेको उनको भनाइ थियो । आफ्नो पार्टीको घोषणापत्रमा पनि यस बिषयलाई गम्भीरतापूर्वक उठाइएको प्रचण्डको भनाइ छ ।

कमेन्ट गर्नुहोस्