देउवाको स्वागतका लागि बाटो हेर्दै सागर ढकाल

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि जिल्लामा चुनावी अभियान थालेका छन् ।

उनी अहिले डडेल्धुरा पुग्दैछन् ।

उनले श्रीमती आरजु राणा देउवामार्फत् मनोनयन दर्ता गराएका थिए । देउवाले आजदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने सभालाई सम्बोधन गर्नेछन् ।

देउवाले भोलि बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउसो गन्यापधुरा गाउँपालिकाको बडाल, १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

अहिले डडेल्धुरा पुग्दै गरेका देउवालाई उनकै प्रतिष्पर्धी सागर ढकाल पनि स्वागतका लागि उभिएका छन् ।
देउवा केहीबेरमा त्यहाँ पुग्दैछन् ।

ढकालले पत्रकारसँग कुरा गर्दै विदेशमा पनि यस्तो संस्कार रहेको बताउँदै उनले सम्बोधन गर्ने कार्यक्रममा पनि आफूले बोल्न समय माग्ने बताए ।

उनले राजनीतिक संस्कारका लागि यस्तो गरेको बताए ।

कमेन्ट गर्नुहोस्