गोर्खाली युवाले प्रचण्डसँग राखे गोरखामा स्वास्थ्य क्षेत्र सुधारको यस्तो प्रस्ताव

प्रचण्ड शब्द जसले बहुत तेज, तिब्रता , कसैसँग पनि नदब्ने ,ज्यादै खरो,आटिलो भन्ने बुझाउँछ । नेपाली राजनितिमा जनयुद्धलाई शान्ति प्रकृयामा अवतरण गराउन सफल , परिवर्तनको कमान्डर ,विकास र समृद्धिको संवाहक सम्पूर्ण नेपालीको आशा भरोसा तथा भावना, गरीब दलित हेपिएका पिछडिएका वर्गको आवाजको पर्यायवाची नाम हो कमरेड प्रचण्ड ।

३२ वर्ष पार्टीको प्रमुख रहेर पार्टीको नेतृत्व र देशको निर्णायक नेताको रुपमा भुमिका निर्वाह गर्न सफल, जनताको मुक्तिका लागि १० बर्ष जनयुद्द मार्फत राजनितिक परिवर्तन गर्न सक्ने,दुई प्रधानमन्त्रीको रुपमा छोटो कार्यकाल नेतृत्व गर्न सफल रहँदा नेपाली जनताको हक र हितमा अद्धभुत क्षमता प्रर्दशन गर्ने नाम हो कमरेड प्रचण्ड ।

२०६३ सालदेखि आजसम्म संसदको पहिलो ठुलो दल भए पनि, तेस्रो ठूलो दल रहेपनि नेपालको राजनीति प्रचण्डको वरिपरि घुमिरहेको छ । कहिले दक्षिणपन्थी यथास्थितिवादी दल त कहिले कम्युनिष्टको नक्कली खोल ओडेको दल, प्रचण्डले आफ्नो अनुकुलतामा कहिले काँधमा बोक्ने त कहिले पैतलामुनि पुर्‍याउने , कहिले पुँजिपतिसँग मिले जस्तो गरेर प्रतिक्रान्ति र प्रतिगमनमाथि प्रहार गर्ने , त कहिले दक्षिणपन्थिसँग मिले जस्तो गरेर संविधान बचाउने कुरा प्रचण्ड बाहेक अन्य कुनै नेताले सोच्न पनि नसकेको तितो येथार्थ हो । त्यसैले पार्टी भित्र मात्र होइन , सिंगो देशमा नै आज प्रचण्ड निर्विकल्प नेतृत्व हो ।

माओवादी पार्टी संसदको पहिलो पार्टी बनोस् वा तेस्रो, माओवादीले जनयुद्ध शुरू गर्दा बोकेको संघीयता, धर्म निरपेक्षता गणतन्त्र, छुवाछूतको अन्त्य, जनयुद्ध र जनआन्दोलनको घाइतेलाई सहिद घोषँणा लगायत विभिन्न मुद्दालाई आज हरेक पार्टीले जस लिन प्रतिस्पर्धा नै चलेको देखिन्छ । त्यसैले चुनावको नतिजा जस्तोसुकै आएपनि आज माओवादीको एजेण्डामा देश चलेको छ । माओवादी आन्दोलन प्रति आशा र भरोषासँगै आंशिक न्याय भएको छ । शहिदको सपना केहि हँदसम्म पुरा हुने दिशा तर्फ देशले गति लिएको छ । जनयुद्धको औचित्य र प्राप्त उपलब्धि कति महत्वपूर्ण छन् भन्ने आ जनतामा स्थापित हुँदै गएको छ ।

छिमेकी राष्ट्रसँगको सिमा समस्या अपमान जनक सन्धि सम्झौता लगयात अन्य राजनीतिक मुद्धाको टुङ्गो राजनीतिक एवं कूटनीतिक तरिकाले नै हल गर्नुको बिकल्प छैन । चुच्चे नक्सा प्रकाशनको निमित्त संसदमा सहमति कायम गराउँन तत्कालिन नेकपा अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकले पार्टीलाई सर्वसहमत गराई सरकारलाई दिएको निर्देशन दिए ।फलतः नक्सा प्रकाशन भयो तर यथार्थ भूगोल भने नेपालको हुन सकेको छैन । नेपालको भुगोलबारे चुच्चे नक्सा र त्यसको ऐतिहासिकता समेटेर शिक्षा मन्त्रालयले ल्याएको पुस्तक प्रकाशन गर्न नदिनु तथा नक्साको आधिकारिताबारे छिमेकि राष्ट्र भारतसँग कूटनीतिक पहल समेत नगर्ने तर देशभित्र राष्ट्रवादको स्वाङ देखाउने ओली प्रवृति जनतासामु उदाङ्गो भैसकेको छ ।

समय परिवर्तनसँगै, बर्तमान परिस्थिति मूल्याङ्कन गर्दा सबै जातजाति, भाषा, समुदाय को राज्य सञ्चालनमा समानुपातिक सहभागिता सुनिश्चित भएपको छ । अनि जसको जोत उसकै पोत, सामन्त दलाल तथा नोकरशाही पूँजीपतिको जमिन खोसेर भूमिहीनलाई दिने, बेरोजगार भत्ता लगायत अन्य मुद्दाहरु व्यावाहरिक रुपमा तत्काल समाधन गर्न नसकिएको सत्य हो । समाजवादको यात्रामा कम्युनिष्ट आन्दोलनलाई अघि बढाउँदै गरेका प्रचण्डले यो सबै कुरा पुरा गर्ने कसम भने खाएका छन् ।

प्रचण्ड येस्तो व्यक्ति हुन्, जसले आफ्नो राजनितिक जीवनमा धेरै उतारचढ़ाब प्रतिक्रियावादी प्रतिक्रान्ति संसोधनवादी आक्रमका अनेकन सड्यन्त्र झेल्दै चट्टान जस्तै आफ्नो नीति र नेतृत्वमा पार्टीलाई अडिग बनाएर यहाँसम्म ल्याइपुर्याएका छन् । उनले अवस्था र परिस्थितिलाई १८० डिग्रीमा उलटाइदिएका छन्, जनयुद्ध सुरु गर्न उत्तेजित गर्ने, टाउको काटेर ल्याउन आदेश दिनेहरु शान्ति सम्झौता मार्फत प्रचण्डको ऐजेण्डा गणतन्त्र, लोकतान्त्रिक मुल्य मान्यतामा एकताबद्ध हुन आइपुगेका छन् ।

यसरी हेर्दा अध्यक्ष प्रचण्डले देश र जनताकोलागी आफ्नो जीवन सर्मपित गरेका छन् । उनी अन्याय र विभेदको विरुद्ध सधै उभिएका छन् । त्यसको निमिक्त देश र समाजलाई डोर्याएका पनि छन् । सर्घषको मैदानमा कहिले बैद्यले पार्टी फुटाउने, कहिले बादलले चिड़ियाखानामा थुन्छु भन्ने, पार्टीको आफ्नो भनौदाहरुले विभिन्न होटेलमा बसेर प्रतिगामीहरुसँग मिलेर षड्यन्त्र गर्ने, बाहिर साईबर स्यालहरु कराउने, चौतर्फि घेराबन्दिमा पार्न खोज्ने गरीयो तर कमरेड प्रचण्डले सड्यन्त्रका ती सबै तानाबान निमिट्यान्न पारेका छन् । जो सड्यन्त्र गर्छन उनीहरु मन्त्री र सांसद हुन पुःन प्रचण्डकोमा सरण पर्छन प्रचण्ड दानी छन् , मनकारी छन् उनले त्यस्ता धेरैलाई पटकपटक उद्धार गरेका छन् ।

बेला बेलामा गणतन्त्र र प्राप्त उपलब्धि मन नपराउनेहरुले अध्यक्ष प्रचण्ड विरुद्ध आर्थिक प्रश्न गर्ने गर्दथे । रोल्पा जनताको घरमा ढेडो खाएर जनमुक्ति युद्धमा तातो गोली खान तयार भएर मुक्ति युद्ध गरेका उनले पंचायत पछिका सरकार र सत्तामा रहेका नेता तथा उच्च तहका कर्मचारीको सम्पति छानविन गर्ने प्रस्ताव राखेसँगै धेरै भष्ट्राचारीहरु हायल कायल परेका छन् । १५ वर्ष भुमिगत जीवन विताएका उनलाई पद र पैसाको कहिल्यै लोभ भएन र अब पनि हुने छैन भन्ने यी सबै घटनाक्रमले पुष्टि गर्छ ।

प्रिय अध्यक्ष कमरेड प्रचण्ड प्रतिक्रियावादीले अझै जालझेल गर्दैछन्, अनेक भेषमा तिम्रै वरिपरि पनि चापलूस गर्दै छन्, साइवरस्यालहरु सत्तामा गएर सिनो खान नपाएर रोइरहेका छन्, तिम्रो जीवन त देश र जनताका लागि समर्पित गरेउ, अझै १५ बर्ष देशलाई तिम्रो खाँचो छ, सम्बृद्धि र समाजवादलाई मूर्त रूप दिन तिम्रो बिकल्प छैन। त्यसैले यो निर्वाचन सानदार मतले जित्नुपर्छ , विश्वमा नयाँ म्यासेज दिनुपर्छ । शुभकामना छ ।

म तपाईलाई राष्ट्रिय नेता भनम वा राष्ट्र निर्माता नै आफ्नो निर्वाचन क्षेत्रमा उठेर सम्पुर्ण गोर्खालीलाई भावि प्रधानमन्त्रीको रूपमा भोट हाल्ने अवसर दिनुभएकोमा सम्पुर्ण गोर्खाली जनताको तर्फबाट हार्दिका आभार व्यक्त गर्न चाहान्छु ।

मेरो जन्म २०४८ साल गोर्खा जिल्लाको मूच्चोक भन्ने ठाउँमा भएको हो । समयको खेल पनि कस्तो हुने रैछ, सानो हुँदा यो मसालको बीउलाई सिद्धाई हालौ भनेर हत्या गर्न दुस्शाहस गर्ने तत्कालीन पंचायतका मान्छेहरुलाई २८ बर्ष पछि यही हातले औषधि गरेर बचाउन्े गरको छु ।यी सबै कुरा हेरेर मैले यी सबै कुरालाई समयको खेल त रैछ भन्ने अनुभुति गर्ने गर्दछु ।

मेरो सानो बाल्यकाल गोर्खा मै बित्यो, जनपद प्रहरी र दंगा प्रहरीको बारम्बारको घर खानतालासी , घर घेराउ र बुवाको बारम्बारको गिरफ्तारीसँगै पटक पटक जलेको ती माओ र लेनिनका किताबहरुसँगै मेरो सोचाइहरु बिचारहरु सीमेन्ट बालुवा र गिटीले ढलान भएको घर जस्तै दरहिलो बन्दै गयो, बाल्यकाल देखि नै क्रांतिकारीले देखेको देशको अबस्था बदल्ने सपनाहरु सँगै म पनि हुर्किए, जुनसुकै क्रान्तिकारीले पनि मेरो घरलाई सुरक्षित मान्ने गर्दथे । कयौं दिन भकारीमा लुकेर बसको, दिशा पिसाब यीनै हातले बोकेको,रातरात मायिनटोल बालेर एउटा गाउबाट अर्को गाउमा पुर्याएको मनको झझल्कोलाई पटक पटक सुराकीको मुठभेडबाट खरानी हुन लागेको घरले अझै पनि झस्काउने गर्दछ ।

नेपाल सरकारको छात्रवृतिमा एमबिबिएस सकेपछि मैले प्राथमिक स्वास्थ्य केन्द्रदेखि जिल्ला अस्पतालको प्रमुखको रुपमा काम गर्दा मन्त्री र सचिवको फिक्का आदेश र बास्तबिक स्वास्थ्य सेवा प्रभाहमा कति फरक छ भन्ने मुल्यान्कनसँगै गहिरो गरी महशुस मैले गरेको छु ।

प्रचण्डले देखेको विकास र संवृद्धिको सपना र त्यसलाई पुरा गर्ने सुचकहरु मध्ये स्वास्थ्य क्षेत्र पनि एक हो यस विषमा पछि नै छलफल गरौंला ।

२०४६ साल को राजनीतिक परिवर्तन पछी २०४८ सालको राष्ट्रिय स्वास्थ्य नीतिले तत्कालीन सबै ईलाका हरुमा स्वास्थ्य चौकी र प्रत्येक निर्वाचन क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको थियो

३१ बर्षको यो समयमा राजनीतिक घटनाक्रमले छलाङ मारेपनी बहुदल–लोकतन्त्र –गणतन्त्र हुँदै २०७४ सालको स्थानीय निर्वाचनमा स्वास्थ्य सेवा प्रवाह र जनताको स्वास्थ्य सुधारमा उल्लेखनिय काम हुन सकेको छैन ।

माओवादीले गाउँगाउँमा सिंहदरबार भनेको भएता पनि स्वास्थ्यमा निकै कम विकास भएको छ । समान्य बिरामी हुँदा समेत मान्छे उपचारको निमित्त काठमाडौं आउँन बाध्य छ ।

नेपालको संबिधानमा प्रस्ट रुपमा लेखिएको आधारभुत स्वास्थ्य सेवा सहज, सरल र सुलभ रुपमा निःशूल्क उपलब्ध गर्नु पर्ने र विषेशज्ञ सेवाको सुलभ पहुँच स्वास्थ्य बिमा मार्फत गर्नु पर्ने भन्ने कुराको खिल्लि उडिरहेको छ ।

अझ सोझो अर्थमा भन्नु पर्दा गोरखा जिल्लामा भनौं वा देश भरि संबिधानमा लेखिए अनुरुप जनता विशेषज्ञ सेवा त टाढाको कुरा,आधारभुत स्वास्थ्य सेवाबाट समेत बन्चित छन् ।

नेपालको संबिधानमा उल्लेख गरिएको समाजवाद उन्मुख गणतांत्रिक मुलुकको यथार्थ समाजवाद कहिले आउााछ भन्ने उत्तर कसैसँग पनि छैन अहिले । स्वास्थ्य बाहेक अन्य क्षेत्रक बारे कुरा गर्न मैले चाहिन । मेरो लागि स्वास्थ्यमा समाजवादको सुरुवात गोर्खा जिल्लामा प्रचण्डको नेतृत्वमा सुरुवात गर्न सके ,भविष्यमा यो नीति देश भरी नै लागू गर्न सकिन्छ कि भन्ने अभिप्राय मात्र हो ।

गोरखा जिल्लामा स्वास्थ्य अवस्थाको कुरा गर्दा जिल्लामा ३ ओटा अस्पताल गोरखा,आपपीपल, पालूंगटार ,३ ओटा प्राथमिक स्वास्थ्य केन्द्र र ६६ ओटा स्वास्थ्य चौकी रहेका छन् ।

जिल्लाको अधिकांस जनता सहरमा बस्छन, गाँउमा जेष्ठ नागरिक, गरीब, किसान, दलित निमुखाको बाहुलता छ, त्यसैले स्वास्थ्य नीति बनाउँदा यही वर्गलाई लछित गरी बनाउन पर्छ। आज पनि कुनै गम्भिर रोग लागेमा काठमाण्डौं चितवन जानूको बिकल्प छैन, र जनताहरु मेडिकल माफियाको चर्को महङ्गो अस्पतालमा गएर लाखौं रकम तिर्न विवस छन् । प्रिय कमरेड प्रचण्ड, तिम्रो यो पाँच बर्ष कार्यकाल सकिदा कुनै गोर्खालीको उपचार नपाएर, खर्च नपुगेर ज्यान नाजाओस जेष्ठ नागरिक, अपांग,बालबालिकाले नजिकै वा घर मै गुणस्तरीय स्वस्थ्य सेवा पाउन, स्वास्थ्य मा भएको बर्गीय भेदभाबको अन्त्य होस्, अधिकांश जटिल रोगको उपचार गोर्खा अस्पताल मै होस , आँपपिपल अस्पताललाई पुरानै विरासतमा फरकाईयोस, अनी बल्ल हामी लाइ स्वस्थ्य मा समाजवादको अनुभूति हुन्छ ।

स्वस्थ्य सेवा प्रदान गर्न विशेष गरेर २ टा कुरा महत्व पूर्ण हुन्छ, भौतिक पुर्बाधार तथा जनशक्ति र आर्थिक व्यवस्थापन जसको मूल उद्देश्य भनेको स्वस्थ्य सेवा सहज होस्, सुलभ होस् र समान होस भन्ने हो पुर्वाधार र जनशक्ति को बारेमा पछि चर्चा गरौंला । आज आर्थिकको नै कुरा गर्दा, आर्थिक व्यवस्थापनलाई संवोधन गर्ने मुख्य साधन भनेको स्वस्थ्य बिमा नै हो, तर अहिले यसमा भएको भ्रस्ट«ाचार र कमिसन खोलले यसको भबिस्य माथि नै प्रश्न चिन्ह खडा गरेको छ ।

पहिलो कुरा बिमाको रकम १ लाख रुपयाँ उपचारको लागि पर्याप्त छैन। यसलाई तुरुन्त बढाउन पर्द्छ । अर्को कुरा बीमितले अस्पतालबाट अन्य सेवा पाउन तेति धेरै समस्या छैन जति औषधिमा छ, सर्वसुलभ ढंगले सजिलै औषधि मात्र दिन सकियो भने, पक्कै पनि गुम्दै गएको बिमाको साख फर्काउन सकिन्छ ।
औषधिमा समस्या हुनुमा सार्बजनिक खरीद नियमावली र समय मै बिमाको भुक्तानी नहुनु प्रमुख कारण हो ।

यसलाई हल गर्न कि त औषधि खरीदको अख्तियारी केन्द्र –प्रदेश मंत्रालयलाई दिने अथवा बीमितले समयमा औषधि नपाएमा सीधै मंत्रालयले शून्य सहनशीलता अपनाएर सम्बंधित अस्पताललाई तकेता गर्ने , यो एउटा कुरामा मात्र ध्यान दिन सकियो भने हरेक वडामा पालिकामा बिमाको अभियान नै चलाएर १०० प्रतिशत बिमा कवरेज गरेर सम्पूर्ण नागरिकको स्वस्थ्यको जिम्मा सरकारले लीन सक्छ र भबिस्यमा जिल्ला भित्र नै डेडिकेटेड बीमा अस्पताल नै घोषणा गरेर सेवा दिन सकिन्छ, यसो हुँदा पूजीपतिहरु चर्को पैसा तिरेर निजी अस्पतालहरुमा सेवा ली रहँदा, गरीब निमुखाहरु पनि तेहि गुणस्तरीय सेवा निशुल्क रुपमा बिमा अस्पताल बाट लीन सक्छन् ।

स्वास्थ्यसँग सम्बन्धित भएको नाताले मैले यहाँको स्वास्थ्य समस्याहरु र यसको व्यवस्थापनको बारेमा थोरै सुझाबहरु पेस गरेको छु । जुन कुरा हामीले स्थानीय चुनावमा पनि चर्चा गरेका थियौं ।

चुनौती हरु

१ आधारभुत स्वास्थ्य सेवालाई सर्वसुलव निःशुल्क उपलब्ध गराउन ।
२ समता मुलक पहुच स्थापित गर्न ।
३ अती विपन्न र जोखिम वर्गलाई उच्च प्राथमिकता राखि स्वास्थ्य सेवा उपलब्ध गराउन ।
४ स्वास्थ्य उपचारमा व्यक्तिगत खर्च कम गर्न ।

५ स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन ।
६ नाफामुलक स्वास्थ्य सेवालाई सेवामुखी बनाउन

रणिनतिहरु
१ गोरखा अस्पतालको स्तरोनत्ति गर्ने २०० बेडको बनाउने ।

२ आँपपिपल अस्पताललाई पुरानो विरासतमा फर्काउने ।

३ स्वास्थ्य बिमाको कबरेज १०० प्रतिशत नमुना जिल्ला बनाउने ।

४ आधारभुत स्वास्थ्य सेवा हरु निसूल्क रुपमा उपलब्ध गराउने ।

५ खोप, पोषण , सुरक्षित मातृतो लगायत कार्यक्रमहरुमा रास्ट्रीय लक्ष्य पुरा गर्ने ।

६ प्रतेक गर्भवतीको घरलाई सिम्बोलैजेसन गर्ने झन्डा राख्ने सुत्केरी र नवजात शिशु को स्वास्थ्य स्याहार आहारको बारेमा घरमा फ्लेक्स राख्ने ।

७ विश्व स्वास्थ्य सङगठन प्रोटोकोल अनुसार प्रत्येक गर्बवती महिलाको स्वास्थ्य परिक्षण गर्ने बेबस्था गर्ने हरेक महिना स्त्री रोग बिशेषज्ञद्वारा पारीक्षण गर्ने

८ भक्चेक् बजार, जौबारि,बारपाक,आरुचनौटेमा १५ बेड अस्पतालको स्थापना गर्ने ,ईमर्जेन्सी अपरेसन विषेशगरी अपरेसन गरेर बच्चा पाउने बिधी सन्चालनमा ल्याउने ।

९ प्रत्येक महिनाको एक दिन हरेक महिना को अन्तिम शनिबार बिरामीसँग जनप्रतिनिधी र डाक्टर भन्ने घर दैलो कार्यक्रम सुरु गर्ने ओडा सदस्यले १ दिन अघि आफ्नो गाँउको बिरामीको तथ्यान्क केन्द्रमा बुजाएर सहजिकरण गर्ने ।

१० अत्यान्त गम्भिर बिरामीलाई रेफेरल सिस्टममा सहजिकरण गर्न मुख्य अस्पातलहरु गोर्खा अस्पातल, भरतपुर अस्पातल वीर अस्पताल र टिचिङ अस्पतालमा सम्र्पक व्यक्ति तय गर्ने ।

११ इ हेल्थ लाई सस्थागत गर्दै मोबाईल हेल्थ र टेलि मेडिसिनको विकास गर्ने ।

१२ आँखाको उपचारलाई आधारभुत स्वास्थ्य सेवामा समावेस गराउने ।

१३ विद्यालय स्वास्थ्य कार्यक्रमको विकास गर्ने एक विद्यालय एक स्वास्थ्य कर्मीको व्यवस्था गर्ने ।

१४ सामाजिक न्यायको सिद्धान्तमा आधारित रही विपन्न र लक्षित वर्गलाई विषेश कोषको स्थापना गर्ने र उपचारको व्यवस्था गर्ने ।

१५ प्राथमिक स्वस्थ्य केन्द्रमा एक्स रे र भिडियो एक्स रे को व्यवस्था गर्ने ।

१६ एम्बुलेन्स सेवाको निस्चित मापदन्ड बनाएर सन्चालनमा ल्याउने,जेष्ठ नागरिक र शारिरिक असक्त ब्यक्ति बिरामी भएमा निःशुल्क वा अर्थशूल्कमा एम्बुलेन्स सेवा दिने ।

१७ हरेक विद्यालय मा निःशुल्क रुपमा स्यानिटरि प्याडको वितरणको व्यवस्था गर्ने ।

१८ घर मा हुने डेली भरिलाई शुन्यमा झारेर स्किल बर्थद्वारा १०० प्रतिशत हस्पिटल डेलिभरीको विकास गर्ने ।

१९ आङ खस्ने समस्या ,परिवार नियोजन लगायत महिला स्वास्थ्य सम्बन्धी स्वास्थ्य सिबिर हरेक ३ महिनामा सन्चालनमा ल्याउने ।

(लेखक डा शिशिर देबकोटा अजिरकोट ५ गोरखा हाल त्रि. बि. शिक्षण अस्पातलमा एमएस गर्दै छन् ।)

कमेन्ट गर्नुहोस्