बाराका स्वतन्त्र उम्मेदवारको समर्थन किसान श्रेष्ठलाई

सिमरा । आसन्न आम निर्वाचनमा बारा–४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका हरि महराले बाम(लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ(किसान)लाई समर्थन गर्ने घोषणा गरेका छन् ।

बारा–४ को समग्र विकासका लागि आफ्नो सोचसँग बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)को योजना मिलेपछि आफुले श्रेष्ठलाई समर्थन गरी उम्मेदवारी निष्कृय पारेको महराले बताए । जनमत पार्टीका जिल्ला अध्यक्ष रहेका महराले स्वतन्त्र उम्मेदवारी दिइ प्रचार अभियान तीव्र पारेका थिए ।

आफ्नो उम्मेदवारी निष्कृय पारी महराले बाम–लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानमा सहभागिता जनाए । महराले बारामा आँखा अस्पताल स्थापना गरी बारा,पर्सा र रौतहटमा आँखा शिविर संचालन गरी समाजसेवा गर्दै आएका थिए। महराको समर्थनले आफ्ना प्रतिस्पर्धी थप कमजोर बनेको नेता श्रेष्ठले बताए।

कमेन्ट गर्नुहोस्