राप्रपाबाट गोर्खा २ (क) मा उम्मेदवार बनेका बस्नेत उम्मेदवारी निष्क्रिय गरेर माओवादी प्रवेश

गारेखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट गोर्खा २(क)का प्रत्यक्षतर्फका उम्मेदवार ई.सुबोध बस्नेत आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दै नेकपा(माओवादी केन्द्र) प्रवेश गरेका छन् ।

उनले भनेका छन् –‘नेपालको राजनीतिको सहि निकास वाम लोकतान्त्रिक गठबन्धनले मात्र दिन सक्छ । नेपालको राजनीतिक आन्दोलनका मियो, शान्ति र क्रान्तिका नायक गोर्खामा उम्मेदवार भएर आउनु सम्पुर्ण गोर्खाली जनताको लागि गौरवको विषय हो। म आजैका दिन देखि मेरो उम्मेदवारी निष्क्रिय बनाई माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्दछु। म अब अध्यक्ष कमरेड प्रचण्ड र गठबन्धनका उम्मेदवारलाई जिताउन लागि पर्नेछु।’

कमेन्ट गर्नुहोस्