उम्मेदवार डा.अधिकारीले समृद्ध चितवन बनाउने जनताको विश्वास

चितवन। मंसिर ४ मा हुने निर्वाचन नजिक आएसँगै उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीब्रता दिएका छन्। यसै सन्दर्भमा भरतपुरका मतदातासँग लोकतान्त्रिक(वाम गठबन्धनका साझा उम्मेदवार डा. भोजराज अधिकारी घरदैलो अभियानमा व्यस्त छन्।

गठबन्धन अन्तर्गत प्रदेश ३९१० मा डा। सूर्यकान्त घिमिरे र ३ (२) मा ठाकुर प्रसाद ढकालसँगै उनी जनताको घरदैलोमा पुगेका हुन्। गठबन्धनका उम्मेदवारलाई जनताले फुल गुच्छासहित स्वागत गरेका थिए। भरतपुर ६ गितानगर निवासी डा। आविष्कार चापागाईंले देशभरका अस्पताललाई व्यवस्थित गर्न पनि डा। भोजरालाई जिताउनुपर्ने बताए। अस्पतालका समस्या हल गर्न भोजराज नै सक्षम रहेको उनको दाबी छ।

त्यसैले यस क्षेत्रका सम्पूर्ण स्वास्थ्यकर्मीहरूले गठबन्धनलाई समर्थन रहेको डा. चापागाईंले बताए। अहिलेको निर्वाचनमा युवा विज्ञ उम्मेदवार आएकाले पनि आफूहरूको समर्थन रहेको भरतपुर १३ का टेकबहादुर मगरले बताए। जंगली जनावरबाट हुने असुरक्षा, बेरोजगारी र लालपूर्जाको समस्या समाधानका लागि यहाँका जनताले आग्रह गरेका छन्।

बलियो मेसजालीसहितको पर्खाल निर्माणका लागि गठबन्धनका उम्मेदवारले पहल गर्ने मगरले विश्वास लिए। स्थानिय हिरा थापाले सडक कालोपत्रे गरेर विकास भएकोमा खुसि व्यक्त गरिन्। अब जनजीवन सहज बनाउन उनको अनुरोध छ। स्वास्थ क्षेत्रकै उम्मेदवार डा। भोजराजले देशको स्वास्थ्य समस्या समाधान गर्ने उनले समेत विश्वास लिए। मैले त डाक्टरसाबलाई भोट हाल्छु, अस्पतालमा बनाउनुहोला, अनि देशको पनि उपचार गर्नुहोला उनले भने, विज्ञताको काम गर्नुहोस्। विदेश जाने समस्याको दिर्घकालिन समाधान गर्न पहल गर्ने प्रदेश ३ ९२० का उम्मेदवार ठाकुर प्रसाद ढकालले बताएका छन्।

कमेन्ट गर्नुहोस्