एमाले चापाकोटका दर्जन बढी कार्यकर्ता काँग्रेसमा प्रवेश

चापाकोट । नेकपा एमाले चापाकोटका एक दर्जन भन्दा बढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेसले आज चापाकोट नगरपालिका वडा ९ उत्तरगंगा मन्दिर टोलमा आयोजना गरेको एक कार्यक्रम बीच उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेको विद्यार्थी नेता धनराज पौडेलले जानकारी दिए ।

नवप्रवेशीहरुले एमालेले राजनीतिमा दुःख गर्ने भन्दा बाहिरबाट टिकट वितरण गरेको, संविधान र लोकतन्त्र विरोधि गठबन्धन गरेको बताए । उनीहरुले जनतामाझ भिजेका सरल र इमान्दार नेता महेश भट्टराई र धनराज गुरुङलाई निर्वाचित गराइछाड्ने समेत बताए ।

उनीहरुलाई नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार महेश भट्टराईले पार्टी प्रवेश गराएका हुन्।

कमेन्ट गर्नुहोस्