पाल्पा । सिद्धार्थ राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका ५ बस्ने ४१ वर्षीय मोहन प्रसाद पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए।
आज दिउँसो २ः३० बजे पाल्पाको तिनाउ गाउँपालिका ३ झुम्सास्थित सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जादैँ गरेको ग १६ प १४८६ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको लु २ ख २४९ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक पाण्डे घाइते भएका थिए ।
घाईते चालकलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पाठईएकोमा अस्पताल पुर्याई चेकजाँच गर्दा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।
प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।