‘अबको भिजन, गुणस्तरीय जीवन’ दृष्टिकोणसहित मन्त्री भुसालको घरदैलो शुरु

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले आजदेखि औपचारिक रुपमा निर्वाचन प्रचारप्रसार शुरु गरेकी छन् । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा साझा उम्मेदवार बनेकी उनले ‘अबको भिजन, गुणस्तरीय जीवन’ दृष्टिकोणसहित ललितपुरको ठैबदेखि घरदैलो कार्यक्रम शुरु गरेकी हुन्।

घरदैलो अभियानमा मन्त्री भुसालका साथमा ललितपुर क्षेत्र नं ३ (१)का प्रदेशसभाका उम्मेदवार राजकाजी महर्जन र (२) का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठ पनि सहभागी थिए। ललितपुर क्षेत्र नं ३ को संयुक्त वाम–लोकतान्त्रिक गठबन्धन दलहरुले निर्वाचन क्षेत्रभित्र घरदैलो अभियानलाई प्रभावकारी बनाउन संयुक्त सर्कुलर जारी गरेको छ ।

उम्मेदवार भुसालले आजै ललितपुर महानगरपालिका वडा नं ३ का महिला दिदीबहिनीसँग छलफल गर्दै आसन्न निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवारलाई विजयी बनाउनुपर्ने बताइन्। सो क्रममा उनले आफ्नो पहलमा ललितपुर क्षेत्र नं ३ का टोल वस्तीमा जनअपेक्षाअनुसारका महत्वपूर्ण काम भएका र बाँकी काम सम्पन्न गर्नका लागि आफू फेरि जनताको माझमा आएको बताइन् ।

आसन्न निर्वाचनलाई लक्षित गरेर उम्मेदवार भुसालले यसअघि नै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेकी छन् । उनले आसन्न निर्वाचनमार्फत जनअनुमोदित भएर राष्ट्रिय राजनीतिमा ललितपुरका जनताको प्रतिनिधित्व गर्ने दौडमा रहेको र सदा झै अझ प्रभावकारी र सशक्त तथा सेवामैत्री, प्रगतिउन्मुख र स्वाभिमानी जनप्रतिनिधिका रूपमा आफूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास दिलाइन्।

ललितपुरको कला, संम्पदा, संस्कृति र परम्परालाई यहाँको हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोडेर आगामी पाँच वर्षभित्र ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार गर्ने उनको दृढता छ । गुणस्तरीय जीवन समाजवादको प्रस्थान विन्दु रहेको, त्यसका लागि पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरुपका नीति तथा कार्यक्रम तर्जुमा गर्न आफू प्रतिबद्ध रहेको उम्मेदवार भुसालको भनाइ छ । मन्त्री भुसालले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा अर्थतन्त्र, पर्यावरणरवातावरण र समाजलाई गुणस्तरीय जीवनका तीन आधारस्तम्भका रूपमा राखिएको छ । पर्यटनमा आधारित अर्थतन्त्र निर्माण, पर्यावरणमैत्री पूर्वाधार निर्माण र समातामूलक समाज निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

ललितपुरका अमूल्य कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्दै आकर्षक पर्यटकीय ‘प्रोडक्ट’ उत्पादनका लागि स्थानीय तथा सरोकारवाला निकायसँग व्यापक परामर्श गरेर स्पष्ट नीति निर्माण गरी कार्यान्वयन गरिने, ऐतिहासिक सम्पदा, मठ, मन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्दै ‘डिजिटल प्रोफाइल’ तयार गरिने, रथ, जात्रा, पर्व, खाना, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवद्र्धन गरिने तथा हस्तकला (मूर्ति, काष्ठ, चित्र) केन्द्रको स्तरोन्नति गरिने प्रतिबद्धतापत्रमा समावेश छ ।

प्रतिबद्धतापत्रमा स्वच्छ पर्यावरणमा ललितपुरवासी रमाउन पाउनुपर्ने, स्वच्छ वातावरणमा रहेर सामाजिक–आर्थिक गतिविधि गर्न पाउनुपर्ने विषयलाई प्राथमिकता दिइएको छ । आगामी पाँच वर्षभित्र निर्माणाधीन बाग्मती, नख्खु, कर्मनासालगायत करिडोर सम्पन्न गरिने, विकास निर्माणका निकायहरूबीच उचित समन्वयका लागि नीतिगत पहल गरिने, गुणस्तरीय सुरक्षित सडक र सुविधा सम्पन्न यातायात व्यवस्था गरिने उल्लेख छ । कृषि पर्यटनको प्रवद्र्धन, खेतीयोग्य जमिनको संरक्षण, सहुलियतपूर्ण सिँचाइको व्यवस्था, कृषि उपजको व्यवस्थित सङ्कलन तथा बजारीकरण गरिनेछ ।

स्वतन्त्रतासहितको समतामूलक समाज निर्माणका लागि युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिकसहित सबै समुदायका लागि विशेष कार्यक्रम बनाएर कार्यान्वयन गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । हरेक श्रमको आर्थिक मूल्यको समानताका लागि नीति निर्माण गरी कार्यान्वयन, महिला हिंसाको उन्मूलन, हरेक क्षेत्रमा सुरक्षित महिला र बालबालिका, महिलाको वित्तीय अधिकार÷आर्थिक आत्मनिर्भरताका कार्यक्रम, स्थानीय युवाका लागि रोजगारमूलक तालिम, बहुराष्ट्रिय कम्पनीसँग युवा उद्यमीलाई जोडिने तथा ललितपुरमा रहेका विकास साझेदार संस्थाहरूसँग प्रभावकारी सहकार्य गर्दै थप नयाँ नियोगलाई आकर्षित गरिने प्रतिबद्धता छ ।

आजदेखि आगामी मङ्सिर १ गतेसम्म सो क्षेत्रभित्र पर्ने सबै वडा तथा टोलमा उम्मेदवारसहितको घरदैलो कार्यक्रम आयोजना गरिएको छ । गठबन्धननको संयुक्त वडा परिचालन कमिटीले वडाभित्रका टोल र वस्तीको पहिचान गरी घरदैलोको रुट तयार गर्नेछ । त्यस्तै वडा निर्वाचन परिचालन कमिटीले मतपत्र, घोषणापत्र तथा उपलब्ध प्रचार सामग्रीसहित मातहतको टोल कमिटी परिचालन गरी नियमित घरदैलो कार्यक्रम गर्नेछन् ।

निर्वाचन प्रचारप्रसार तथा परिचालन समितिका अनुसार यही कात्तिक १९ गते लतिलपुर महानगरपालिका वडा नं १, २३ र २४, कात्तिक २० गते ललितपुर महानगरपालिका वडा नं २६ र २७, कात्तिक २१ गते ललितपुर महानगरपालिका वडा नं १०, कात्तिक २२ गते ललितपुर महानगरपालिका वडा नं २, कात्तिक २३ गते ललितपुर महानगरपालिका वडा नं २१ र २२, कात्तिक २४ गते ललितपुर महानगरपालिका वडा नं १३ र १४ तथा कात्तिक २५ गते ललितपुर महानगरपालिका वडा नं ३ मा घरदैलो कार्यक्रम हुनेछ ।

कात्तिक २६ गते ललितपुर महानगरपालिका वडा नं १५, कात्तिक २७ गते ललितपुर महानगरपालिका वडा नं २० र ५, कात्तिक २८ गते ललितपुर महानगरपालिका वडा नं ४, कात्तिक २९ गते ललितपुर महानगरपालिका वडा नं १८, कात्तिक ३० गते गोदावरी नगरपालिका वडा नं १२ तथा मङ्सिर १ गते ललितपुर महानगरपालिका वडा नं २८ र २९ मा घरदैलो कार्यक्रम हुने गठबन्धनले जनाएको छ ।

वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारका रुपमा निर्वाचनमा होमिनुभएका भुसालले २०७४ सालको निर्वाचनमा विजयी भएपछि निरन्तर जनताको घरदैलोमा पुगेर जनतासँग साक्षात्कार गर्दै आउनुभएको छ । ललितपुरवासीको ससाना समस्यमा समाधानमा निरन्तर लाग्दै आउनुभएको मन्त्री भुसालको निरन्तरको पहलमा जनताले महसुस गर्ने गरी कला संस्कृतिको संरक्षण, विकास निर्माणका काम सम्पन्न भएका छन् ।

मन्त्री भुसालको पहलमा ललितपुरमा भएका कामहरूः
-ग्वार्को, सात दोबाटो र एकान्तकुनामा निर्माण गरिने फ्लाईओभरको अध्ययन सम्पन्न ।
-बाग्मती, नख्खु र कर्मनासा कोरिडोरको निर्माण कार्य सुरु ।
-पार्क तथा सार्वजनिक भवनहरूको निर्माण (गुठी भवनहरू, कवर्ड हलहरू, ठेचो र हरिसिद्धि सार्वजनिक भवन, छयासीकोट सभागृह, कुसुन्ती पार्क, धोविघाट पार्क, सहिद तथा बेपत्ता पार्क, चापागाउँ पार्क, मगर समाज भवन लगायत)
-राजकुलो पुनः निर्माण तथा संरक्षण र सिँचाइ : भोर्लेकुलो, खोकना राजकुलो, हरिसिद्धि राजकुलो, दारे–गङ्गामाइ राजकुलो, ठेचो–सुनाकोठी राजकुलो, इखुढ–चपेढ–माखढ राजकुलो (गोदावरी) सहित ११ वटा राजकुलो, हरिसिद्धि, बढीखेल, माल्टा र इकुडोलमा लिफ्ट सिँचाइ आदि ।
-झोलुङ्गे पुलहरूको निर्माण : बालकुमारी–ओखातबस्ती जोड्ने पुल, कार्यविनायक–मछिन्द्रबाहाल जोड्ने सांस्कृतिक पुलको पुनःनिर्माण ।
-सडक निर्माण तथा स्थरोन्नती (मगरगाउँ–वाइवाइ फ्याक्ट्री, अष्टभुजा देवी मन्दिर–सैंबू हाइट, खोकाना दोबाटो–बसपार्क–कार्यविनायक, ललितपुर महानगर–१८ वडा कार्यालय अगाडि–इनार–जारकाटे दोबाटो बुङ्गमति, बुङ्गमति–फर्सीडोल–डुकुछाप हुँदै माल्टा जोड्ने सडक लगायत) –ललितपुर जिल्ला अन्तर्गगत डिभिजन सडक कार्यालयबाट भएका कामहरु ।
-नदी तथा पहिरो नियन्त्रणका कार्यहरू (धापाखेल, कार्यविनायक, सुनाकोठी, चापागाउँ, लेले, हरिसिद्दि, हात्तीवन, सैंबु, भैसेंपाटी, बागडोल, पाको, वाग्मतीनदी, नख्खुखोला, कर्मनासा महादेवखोला लगायत)
-भूकम्पपछिको पुनःनिर्माण (खोकनास्थित रुद्रायाणी मन्दिर, रातो मिच्छीन्द्रनाथ, भीमसेनलगात सम्पदाहरू) ।
-महिला सशक्तिकरणका कार्यहरू : सुनाकोठी, खोकना, बुड्मति लगायत ।
-खारेज भएको सडक डिभिजन कार्यालयको पुनः स्थापना ।
-खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण ।
-खानेपानी : बत्सलादेवी खानेपानी आयोजनामार्फत सैंबूको खानेपानी समस्या समाधानसहित अन्य खानेपानीका आयोजना अगाडि बढाइएको छ । फर्सीडोल, फैंचा खानेपानी व्यवस्थापन, सिद्धिपुर खानेपानी मुहान संरक्षण, गोदावरी खानेपानी ट्याड्की संरक्षण लगायत ।

कमेन्ट गर्नुहोस्