कलाकार भविश्वर भण्डारीले ल्याए लोक गीत ‘जमुना र धारा’

काठमाडौं । कलाकार भविश्वर भण्डारीले नेपाली मौलिक शैलीको लोक गीत ‘जमुना र धारा’ बजारमा ल्याएका छन् ।

नेपाली हिन्दु समाजमा हुने सत्य नारायणको पुजामा चल्ने रोइला र ख्याली जस्ता गीतको शैलीमा लोक गीत बजारमा ल्याएका हुन् ।गीतले स्याङ्जा पाल्पामा चल्ने मौलीक संस्कृतिको प्रतिनिधित्व गरेको छ ।

कलाकार भविश्वर भण्डारी र सुनिता बुढाको स्वर रहेको गीतमा शब्द गणेश खनालको रहेको छ भने संगीत कुसुम भण्डारीले गरेका छन् ।

हेर्नुहोस् गीत

कमेन्ट गर्नुहोस्