जनमुक्ति सेनाले लडेर ल्याएको व्यवस्था र संविधानको रक्षार्थ गठबन्धन आवश्यक : मन्त्री अथक

कोहलपुर। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले जनमुक्ति सेनाले लडेर ल्याएको व्यवस्था र संविधानको रक्षार्थ गठबन्धन आवश्यक रहेको बताएका छन् । उनले शनिबार बिहान पूर्व जनमुक्ती सेनाका प्रतिनिधि तथा उम्मेदवारबीच कोहलपुरमा भएको भेटघाट तथा छलफलमा उनिहरुले वाम–लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिवद्धता जनाएका हुन्।

आफुहरुको त्याग र बलिदानबाट प्राप्त ब्यवस्था र संविधानको रक्षार्थ पाँच दलिय गठबन्धनले खेलेको भुमिका महत्वपूर्ण रहेको भन्दै उनिहरुले आफूरु सधैं अग्रगमनको पक्षमा रहेको बताए। महान जनयुद्ध र दोस्रो जनआन्दोलनबाट ब्यवस्था बदलिय पनि आम नागरीकको अवस्था भने उस्तै रहेको भन्दै आगामी निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले आम जनताको अवस्था बदल्ने गरी काम गर्नुेपर्नेमा उनिहरुले जोड दिएका थिए। कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट बाँके क्षेत्र नं. १, प्रतिनिध सभा सदस्य पदका उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले अहिलेको ब्यवस्था ल्याउनमा जनमुक्ती सेनले खेलेको भुमिका अतुलनिय रहेको बताए।

उनले आफ्नो ज्यानको बाजी राखेर ब्यवस्था परिवर्तनको आन्दोलनमा होमिएका ज्ञात–अज्ञात सहिदहरुको सपना साकार पार्ने दायित्व गठबन्धको काँधमा आएको भन्दै गठबन्धनका उम्मेदवारहरुलाई जिताउने गरी अभियान चलाउन आग्रह गरे। “दश वर्षे जनयुद्धले वर्षौदेखी जरा गाडेर बसेको व्यवस्थाको अन्त्य गर्‍यो”, माओवादी केन्द्रका स्थायी समिती सदस्य समेत रहेका अथकले भने, “यो तपाई हामी सबैको देन हो। यसलाई संरक्षण गर्ने दायित्व अब हाम्रो काँधमा आएको छ।”

कार्यक्रममा बोल्दै प्रदेश सभा (ख) का उम्मेदवार फुलाराम थारुले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सबै लाग्नुपर्ने बताए। हिजो परिवर्तनकालागी लडेका योद्धाहरु नै गठबन्धनको चुनावी कमाण्डरका रुपमा मैदानमा उत्रिनुपर्ने अवस्था आएको भन्दै दत्तचित्त भएर लाग्न थारुले आग्रह गरे। विभिन्न कालखण्डमा परिवर्तनको नेतृत्व गरेका पार्टीहरु बिच भएको गठबन्धन देशलाई निकास दिन सक्षम रहेको उनको भनार्ई थियो।

यसैबिच चुनावि अभियानकै क्रममा पाँच दलिय वाम(लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुले बाँकेको क्षेत्र नं. १ का बिभिन्न क्षेत्रमा घरदैलो अभियानलाई तिब्रता दिएका छन्। अभियानकै क्रममा शनिबार कोहलपुर तथा राप्तीसोनारीका बिभिन्न वडामा वडास्तरीय कार्यक्रम आयोजना गरीएका छन्। बाँके क्षेत्र नं।१ मा पाँच दलिय वाम(लोकतान्त्रीक गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा वर्तमान सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) साझा उम्मेदवार छन भने प्रदेश सभा (क) मा माओवादी नेतृ कृणा केसी (नमुना) र प्रदेश (ख) मा काँग्रेसका युवा नेता फुलाराम थारु चुनावी मैदानमा होमिएका छन्।

कमेन्ट गर्नुहोस्