प्रचण्डले आर्थिक विकास समृद्धिको सुरुवात गोरखाबाट गर्ने, ४५ रणनीतिक योजना सार्वजनिक(पूर्णपाठ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखाको विकासका लागि रणनीतिक महत्वका  सार्वजनिक गरेका छन्। माओवादी केन्द्रले पार्टीको घोषणपत्र यसअघि नै सार्वजनिक गरेको छ । पार्टीको घोषणापत्रका अतिरिक्त नेताहरुले आफ्नो निर्वाचन क्षेत्र केन्द्रीत योजनाहरु अघि सार्ने गरेको छन् । यसैबीच गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखाली जनताका लागि भन्दै रणनीतिक योजनासहित प्रतिवद्धतापत्र ल्याएका हुन्।

आफु विकास र समृद्धिको नयाँ अभियान संचालन गर्नको निमिक्त गोरखाबाट उम्मेदवार बनेको बताएका अध्यक्ष प्रचण्डले सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, कृषि, जडिबुटी, व्यावसायिक पशुपालन, सीपमुलक तालिम, साहित्य कला संस्कृतिको संरक्षण गर्ने लगायतका विषय समेटेर आफ्नो निर्वाचन क्षेत्रको प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्।

उनले गोरखाबाटै आर्थिक विकास निर्माण र समृद्धिको सुरुवात गर्नेमा जोड दिएका छन् ।

‘नेपाली समाजलाई सामाजिक न्याय, समता र समृद्धिको नयाँ युगतर्फ लैजान परिवर्तनको नेतृत्व र जनसेवामा मेरो भूमिका र इतिहास यहाँहरुलाई विदितै छु,’उनले भनेका छन्, ‘नेपाली समाजमा क्रान्ति र शान्तिको नेतृत्व गर्दै नेपाली संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधान निर्माण र त्यसको कार्यान्वयनसम्म मैले आफूलाई निरन्तर देश र जनताको पक्षमा उभ्याउँदै आएको तर सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्ने, जनजीविकाका समस्या समाधान गरेर जनतालाई नयाँ जीवन दिने सपना पूरा गर्न बाँकी नै छ।’

याे पनि पढ्नुस  विद्यार्थी राजनीति, जनयुद्धको मोर्चा र राष्ट्रिय राजनीतिमा खारिएका सुबोध को हुन् ?

यस्ता  छन् योजना :

१. पालङटार एयरपोर्टलाई पुनः सुचारू गरिने छ र पालुङटारलाई मौलिक स्मार्ट सिटीका रूपमा विकास गरिने छ।

२. बहउद्देश्यीय राष्ट्रिय गौरवको १२ सय मेघावाटको बुढीगण्डकी जलविद्युत आयोजना तत्काल कार्यान्वयन सुरू गरिने छ। साथै अन्य जलविद्युतका सबै सम्भावनाहरूलाई पनि अघि बढाइने छ।

३. पालङ्टार नगरपालिका ७ च्याङलीमा रहने गरी सरकारबाट निर्णय भएर पनि कार्यान्वयन हन बाँकी रहेको कृषि तथा वन विश्वविद्यालय अन्तर्गतको कृषि क्याम्पस सञ्चालन गरिने छ र गोरखाका मा.वि. तथा विभिन्न क्याम्पसहरुलाई थप व्यवस्थित गर्दै प्रविधिक शिक्षालाई विस्तार र शिक्षा क्षेत्रका समस्याहरु हल गरी समग्र शैक्षिक विकासलाई अगाडि बढाइने छ।

याे पनि पढ्नुस  १ करोड ८० लाख मतदाता, सबभन्दा धेरै मोरङमा

४.रणनैतिक महत्व बोकेको बेनीघाट–आरूघाट–लार्के (रूइला नाका) तिब्बतसँग सिमाना जोडने। सडकखण्ड निर्माण कार्य पूरा गरिने छ।

५. गोरखामा अवस्थित पालुङ्टार, गाइखुरटार, च्याङलीटार, धुवाकोटटार, कुन्दुरटार, बुद्धसिंटार, मुच्चोकटार, बुट्टार, घ्याल्चोकटार, आरूटारलगायतका उर्वर टारहरुका साथै निबेलदेखि अँब्रुवासम्मका दरौंदी नदीका किनारका फॉटहरूमा नदि नियन्त्रणका साथ लिफ्टिङ, पम्पिङ। तथा नहरहरूको योजनामार्फत् सिँचाइलाई व्यवस्थित गरी कृषि उत्पादन वृद्धि गर्न योजनाहरु अगाडि बढाइने छ। जिल्लालाई उत्पादनमा आत्मनिर्भर बनाउन सहकारी, निजी र सरकारी क्षेत्रलाई उपयोग गरिने छ।

गोरखा जिल्लालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने छ।
(क) लिगलिगकोट, बुढीकोट, लकाङ्कोट, सिरानचोक गढी, सुलिकोट, ताकुकोट, वारपाक, गोरखा दरबार, मनकामनालाई समेटेर ऐतिहासिक तथा धार्मिक पर्यटकीय सर्किटको रूपमा विकास गरिने छ।

याे पनि पढ्नुस  सिन्धुली- २ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका राजन दाहाल को हुन् ?

(ख) सिरानडाँडा–निम्चेपोखरी–दुधपोखरी–नागेपोखरी–नारदपोखरीलाई केन्द्र मानी हिमाली पर्यटनलाई प्रवर्द्धन गर्न राष्ट्रिय पर्यटकीय योजनाको सूचीमा पार्न पहल गरिने छ।

(ग) सिरानचोक, भच्चेक सिरानडाँडा, अजिरकोट र उत्तरी गोरखाको बारपाक, रूविनाला, मनास्लु पदमार्ग, लार्के पास आदि क्षेत्रलाई हिमालय पर्यटनको रूपमा विकास गर्न पहल गरिने छ। संस्कृति र प्रकतिलाई समिश्रण गरी ट्रेकिङ रूट निर्माण गरिने छ। साथ। अध्ययनको आधारमा विशेष सांस्कृतिकग्राम निर्माण गरिनेछ।

(घ) गोरखा दरबार र मनकामना मन्दिरलाई अन्तर्राष्ट्रिय सम्पदा सूचीमा राख्न पहल गरिने छ।

(ङ) २०७२ सालको गोरखा भूकम्पको केन्द्र रहेको बारपाक र भूकम्पपश्चात् विकास गरिएका एकीकृत बस्तीहरूलाई पर्यटनसँग जोडी आयआर्जन वृद्धिका योजना अगाडि बढाइने छ।

कमेन्ट गर्नुहोस्