एमाले बाग्मति प्रदेशका नेता रामकृष्ण लामासहित ४१ जना माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । नेकपा (एमाले)का बाग्मति प्रदेश कमिटी सचिवालय सदस्य रामकृष्ण लामा सहित ४१ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।नवप्रवेशीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खुमलटारमा आयोजित एक कार्ययक्रममा पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रमा सचिव लिलामणि पोखरेल पनि सहभागी थिए ।

माओवादी केन्द्र प्रवेश गर्नेहरुमा नेकपा (एमाले) बागमती प्रदेश कमिटी सचिवालय सदस्य रामकृष्ण लामा, रामेछाप जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामा लगायतका ४१ जना एमालेका नेता कार्यकर्ता रहेका छन् ।

कम्युनिष्ट आन्दोलन भित्र केपी ओलीमा चरम व्यक्तिवाद रहेको र राजावादी तथा पृथकतावादीहरुसँग मिलेर संविधान र लोकतन्त्रविरुद्ध लागेको भन्दै माआवादी केन्द्रमा प्रवेश गरेको नवप्रवेशीहरुले बताए ।

नवप्रवेशीहरुलाई स्वागत गर्ने क्रममा अध्यक्ष प्रचण्डले माओवादी केन्द्र प्रवेश गरेर सहि निर्णय गरेको बताए । नवप्रवेशीहरुले उचित समयमा उचित निर्णय गरेको बताउदै उचित जिम्मेवारी दिइने बताए ।

माओवादी केन्द्र नै राष्ट्रवादी र असली कम्युनिष्ट पार्टी भएको बताए । ओली जनतालाई अधिकार दिनहुदैन भन्ने मान्छे भएको बताए । उनले संविधान र परिर्वतमा समहत भए होलान भनेर गठबन्धन गराएर पार्टी एकता गरेको भएपनि संघिय गणतान्त्रिक संविधान मिचेका कारण उनको विरुद्ध लाग्नुपरेको बताए ।

ओलीले दुई तिहाईको सरकार, पार्टी विभाजन गरेर जनतालाई उल्लु ठाने जसरी लाज पचाउँदै हिडेको बताए । जनता सचेत रहेका कारण उनको झुट जनताले नपत्याउने बताए । माओवादी केन्द्र परिर्वतनको बाहक शक्ति भएको भन्दै माओवादी केन्द्रमा समाहित हुने क्रम बढ्ने बताए ।सबैलाई माओवादी केन्द्रमा समाहित भएर कम्युनिष्ट आन्दोलनको रक्षा र विकाससँगै समृद्धिको अभियानमा लामबद्ध हुन प्रचण्डले आग्रह समेत गरे ।

कमेन्ट गर्नुहोस्