नेपालमा डेंगुको कहर : संक्रमित ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु

काठमाडौं । कात्तिक २१ गतेसम्म नेपालमा डेंगु संक्रमितको संख्या ५० हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमितको संख्या ५० हजार २ सय ६३ पुगेको छ ।त्यस्तै डेंगुबाट अहिलेसम्म यो वर्ष संख्या ५५ जनाको ज्यान गएको छ ।

यो संख्या सन् २००४ यताकै उच्च रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जनाएको छ ।महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।

डेंगु संक्रमण सार्ने एडिस जातको लामखुट्टेको लार्भा अनुकुल वातावरणमा आठ महिनासम्म जीवित रहनसक्ने र फेरि लामखुट्टेको रुपमा विकास हुनसक्ने भएकाले जोखिम भने अझै कम नभएको विज्ञहरुको भनाइ छ ।

कमेन्ट गर्नुहोस्