एमाले उम्मेदवार हुकुम बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण, तीन बर्ष कैद तथा उम्मेद्बारी खारेजी हुन सक्ने

दाङ । दाङ ३ (ख) प्रदेश सभा सदस्यमा एमालेबाट उम्मेदवार रहेका हुकुम बहादुर बस्नेतलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । चुनावी प्रचारमा स्कुले विद्यार्थी प्रयोग गरेको विषयमा आयोगले सोमबार बस्नेतलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले चुनावी प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको भन्दै यो विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ ।

आयोगले भनेको छ, ‘निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदा–हुँदै तपाईंले सो कार्य गरेको देखिएकोले निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाई्लाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० र ९४० बमोजिमको कारवाही किन हुनु नपर्ने हो ?’

याे पनि पढ्नुस  समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु

निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) मा आयोगले दिएको आदेश बमोजिम काम कारवाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था पदाधिकारी वा निकायलाई आयोगले तीन बर्षसम्म कैद या पचहत्तर हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख छ।

याे पनि पढ्नुस  सात वटै मुख्यमन्त्री कार्यालयलाई आचारसंहिता पालना गर्न आयोगको निर्देशन

त्यस्तै,उपदफा (४) मा सम्बन्धित उम्मेवारले दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएमा आयोगले निजको उम्मेदवारी पनि रद्द गर्न सक्ने उल्लेख छ।

यसअघि एमालेबाटि दाङ ३ मा प्रातिनिधी सभा सदस्य उमेदवार रहेकी कोमल वलिलाई पनि आयोगले चौबीस घण्टे स्पस्टिकरण सोधिसकेको छ।

कमेन्ट गर्नुहोस्