पवलोस्कीले सगरमाथाको १८ हजार फिटको उचाईमा खिचिएको हिउँ चितुवाको फोटो भाइरल

काठमाडौं । अमेरिकी फोटोग्राफर किटिया पवलोस्कीले सगरमाथा क्षेत्रमा हिउँ चितुवाको आकर्षक फोटो खिचकी छिन्। उनले असोजको २२ गतेका दिन आफ्नो क्यामेरामा कैद गरेका हिउँ चितुवाको फोटो यति बेला सामाजिक सञ्जालमा भाइरल भइ रहेको छ।

उनले उक्त फोटो आफ्नो फेसबुक पेजमा राखेकी थिईन्। उक्त पोष्टलाई नेपालमा रहेको अमेरिकी दुतावासले सोमबार आफ्नो पेजमाफर्त पवलोस्कीले खिचेको हिउँ चितुवाको आकर्षक फोटोबारेमा जानकारी गराएको छ।

पाँच हजार चार सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको फोटोग्राफर पवलोस्कीले आफ्नो फेसबुक पेज र वबसाइडमा जानकारी गराएकी थिईन्।

उनले आफ्नो फेसबुक पेजमार्फन लेखेकी छन्,‘मैले संसारको सबैभन्दा मायालु जनावरहरू मध्ये एक ९हिउँ चितुवा०को फोटो खिच्नको लागि १०३ माइल पैदल हिड्दै खुम्बु सम्मको यात्रा गरे।त्यहाँ बिहान अत्याधिक चिसो उक्त चिसो खाली खाडलको बरफको किनारलाई पछ्याएँ, केही मिनेटमा त्यहाँको चिसो हावालाई घामले छिचोल्न थालेको थियो।

म निक्कोर ५०० एमएम एाफ फोर लेन्सको साथमा करिब १८०००फिट (५४८६ मिटर) मा थिए त्यहाँको मौसम अकाल्पनिक थियो। यो उचाइ थियो हिउँ चितुवा घुम्ने तर, उपत्यकाको उत्कृष्ट दृश्य हेर्नको लागि मैले अझै उचाइमा चढ्नुपर्ने थियो। म उचाईमा आफ्नो क्यामेराको टेलिफोटो लेन्स हेर्दै गर्दा मैले माउन्ट पुमोरीको छायामा केही देखेँ। सुरुमा, मैले सोचे कि यो चट्टान हो, तर नियालेर हेरी रहँदा मैले खोजीरहेको मायालु जनावर हिउँ चितुवा भेटे र फोटो खिच्न थाले ’

यो हेर्नुहोस् फोटो

कमेन्ट गर्नुहोस्