बुलेट छोडेर ब्यालेटको लडाईंमा होमिएका धनबहादुर मास्की ‘राजेश’

दीपक बोहरा,दाङ । जनमुक्ति सेनाको कमाण्डर राजेश जनयुद्धकालमा चर्चित हो । उनै राजेश अर्थात् धनबहादुर मास्की अहिले चुनावी मैदानमा होमिएका छन्।

‘जहाँ राजेश पुग्छ, त्यहाँको कारबाही सफल हुन्छ’ भन्ने छाप छोड्न राजेश सफल थिए। र त उनी सधैं जनसेनाको कमाण्डरको रुपमा नेतृत्वमै रहे। मुलुक परिवर्तनका लागि गरेको १० बर्षे जनयुद्ध तथा जनआन्दोलनलाई सफल पार्न उनको भूमिका महत्वपूर्ण रह्यो। उनी जनयुद्धको सुरुवातदेखि नै माओवादी आन्दोलनमा सक्रिय भए।

सुरुवातमा विद्यार्थी राजनीति हुँदै सुरु गरेका मास्की २०५२ सालदेखि सुरु भएको जनयुद्धमा पूर्णकालीन भए। त्यतिबेलादेखि पार्टीको सदस्यता लिएर राजनीति सुरु गरेका उनी छोटो–छोटो समयमा प्रगति गर्ने नेता हुन्। ‘म जुन काममा हात हाल्छु, त्यसलाई सफलता नपु¥याउँदासम्म दत्तचित्त भएर लागि रहन्छु, यो मेरो सानै देखिको बिशेषता हो’ मास्कीले भने ‘त्यही बिशेषताले होला, मैले जुन क्षेत्रको जिम्मेवारी लिन्थें, सफलता हात पारेरै छोड्थेँ ।’

मुलुकको परिवर्तनका क्रममा भएको जनयुद्धमा उनी लामो समय सेनाकै कमाण्डरकै भूमिकामा रहे। सुरुवातमा लडाकु दलबाट प्रवेश गरेका उनी स्क्वाइड कमाण्डर, स्पेशल टास्क फोर्सको सेक्सन कमाण्डर भए। त्यसपछि प्लाटुन गठन भयो, त्यसको उनी जाजरकोटको प्लाटुन कमाण्डर भए। त्यसपछि क्षेत्रीय उपब्यूरोको भूमिका प्लाटुन कमाण्डर भए। त्यसको ६ महिनापछि पार्टीले कम्पनी गठन भयो, कम्पनीको पनि उनी कमाण्डर भए।

त्यसको केही समयपछि घोराहीको आर्मी ब्यारेक कब्जा गरियो। आर्मी ब्यारेक कब्जा गरेको त्यो पहिलो इतिहास थियो। घोराहीमा आर्मी ब्यारेक कब्जा गर्न उनले देखाएको दख्खलतापछि पार्टीले बटालियन कमाण्डर बढुवा ग¥यो। २०५८ मा उनी बटालिएन कमाण्डर भएका हुन्। त्यसपछि उनी २०५९ सालमा ९३ जनाको पार्टीको केन्द्रीय कमिटीमा उनी पनि सदस्य बनेका थिए।

केही समयपछि जनमुक्ति सेनाको ब्रिगेड गठन भयो। उनी पूर्वी नेपालमा रहेको ब्रिगेडको कमाण्डर भए। २०६० मा जनमुक्ति सेनाका तीन वटा डिभिजन गठन भएका थिए। त्यसमा उनी पूर्वी डिभिजनको कमाण्डर भए। उनको कार्य कुशलता र नेतृत्व क्षमताले सधैं कमाण्डर नै भए। शान्ति प्रक्रियापछि उनले स्वैच्छिक अवकाश लिए। २०६३ पार्टीको पोलिटब्यूरो सदस्य बने। अहिले पनि उनी पार्टीको पोलिट्ब्यूरो सदस्य छन्।

सधैं सफल मास्की
जनयुद्धको सुरुवातमा माओवादीसँग हतियार थिएनन्। हरेक युद्धमा बन्दुक चाहिन्छ। त्यसपछि मास्केकै नेतृत्वमा हतियार व्यवस्थापन भएको थियो। सल्यानको झिम्पे, झेल्नेटा, दाङलगायतका विभिन्न स्थानमा उनकै नेतृत्वमा फौजी कारवाही भएको थियो। ती कारवाहीबाट केही हतियारहरु जम्मा भएका थिए। डोल्पाको दुनैदेखि घोराहीको सैनिक ब्यारेक आक्रमणमा प्रत्यक्ष कमाण्डिङ मास्कीले गरेका थिए।

संकटकालपछि मास्कीलाई जनमुक्ति सेनाको टुकडीसहित पूर्वी नेपालमा पठाइयो। पूर्वका ठूला फौजी कार्बाहीहरुमा उनको प्रत्यक्ष कमाण्डिङ रह्या। जनयुद्धको उत्कर्ष र जनआन्दोलन शुरु हुँदै गर्दा २०६२ तिर सर्लाहीमा जनसेनाले तत्कालीन शाही सेनाको हेलिकोप्टर खसालिदिएको थियो। त्यतिबेला पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले फोनमार्फत् शुभकामना दिएको मास्की बताउँछन्।

जनवादी विवाहः १३ महिनाकी छोरी घरमा छोडर आन्दोलनमा
२०३१ सालमा जन्मिएका धनबहादुर मास्की २०/२१ बर्षमै पार्टीको पूर्णकालीन कार्यकर्ता भइसकेका थिए। जनयुद्धकै क्रममा २०५६ सालमा उनको जनवादी विवाह भयो। उनीहरु दुवै जना पार्टीमा पूर्णकालीन थिए। १३ महिनाको बच्चालाई आमा बुवासँग घरमै छोडेर उनीहरु भूमिगत भएका थिए।

दाङ विकास गर्ने योजना
मुलुक परिबर्तनका लागि भएको युद्धमा सधै सफल मास्की अब दाङको विकासको जिम्मेवारी सफलताका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। ‘मैले जीवनमा जनताकै मुक्तिका लागि लडेँ, ज्यू ज्यानको माया नगरी लड्दा नै सफल भइयो र छोटो समयमै मैले गरेको उपलब्धि पार्टीले मूल्यांकन गरेर मलाई स्तरवृद्धि ग¥यो’, उनले भने ‘अहिले मलाई दाङको विकासका लागि पार्टीले पठाएको छ, यो जिम्मेवारी पनि उत्कृष्टताका साथ सम्पन्न गर्नेछु।’
हाल उनी दाङ क्षेत्र नं. ३ को प्रदेश सभा २ बाट उम्मेदवार छन्। उनले पहिलो कामका रुपमा गहतेदेखि च्याटीखोला हंसपुरसम्मको सडक स्तरवृद्धि गर्ने लिएका छन्। आफू जितेपछिको पहिलो निर्णय नै यसैलाई लिने उनको योजना छ। त्यस्तै दामोदर मार्गको स्तरोन्नति गर्ने, राजी खरे र ट्वाङखोलामा पुल बनाउने उनको योजना छ। बबई, गंगटे हुँदै कोहलपुर जोड्ने सडक स्तरवृद्धि गर्ने, दक्षिण क्षेत्रमा डिप बोरिङ र उत्तरतर्फ ड्याम्प निर्माण गरेर सिंचाई सेवा पु¥याउने उनको योजना छ। उनले टुक्रे उत्पादन प्रणालीलाई अन्त्य गरि चक्लाबन्दी, आधुनिक कृषि प्रणाली अपनाउने योजना अघि सारेका छन्।
त्यस्तै कृषि ऋणको व्यवस्थापन गर्ने, दुग्ध क्षेत्रको केन्द्र बनाई बजारीकरण गर्ने, दुधबाट छुर्पी लगायतका परिकार बनाएर बजारीकरण गर्ने, कृषकलाई मल बीउ समयमै उपलब्ध गराउन सहजीकरण गर्ने उनको योजना छ।

त्यस्तै टिक्ने, बिक्ने र सिक्ने शिक्षाको विकास गर्ने नीति बनाउने, प्राविधिक धारको शिक्षालाई जोड दिने, साबिक राप्तीलाई केन्द्रविन्दु बनाएर तुलसीपुरमा मेडिकल कलेज स्थापना गर्ने उनको लक्ष्य छ।

अहिले गाउँ–गाउँमा रहेको स्वास्थ्य संस्थाहरुलाई स्तरवृद्धि गर्ने, स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने, एक वडा–एक स्वास्थ्य चौकी निर्माण गर्ने उनको योजना छ।

त्यस्तै पुरन्धारा, सुन्दरादेवी मन्दिर, दंगीशरण राजाको सुकौराकोट लगायतलाई पर्यटकीय स्थलका रुपमा थप विकास गर्ने तथा मगर संग्रहालय निर्माण, एक वडा एक खेलकूद मैदान, आफ्नो निर्वाचन क्षेत्रभित्र व्यवस्थित प्रदेश स्तरको रंगशाला निर्माण गर्ने योजना छ।

त्यस्तै महिलाहरुलाई आत्मनिर्भर बनाउन स्वरोजगारमुलक तालिमको व्यवस्थापन गर्ने, पढ्दै कमाउँदै गर्ने योजना अघि सार्ने उनको नीति छ।

कमेन्ट गर्नुहोस्