विश्वकपमा खेल्न पाकिस्तानलाई १५३ रनको लक्ष्य

काठमाडौं । आइसीसी टी–२० विश्वकपको फाइनल प्रवेशको लागि पाकिस्तानले १ सय ५३ रनको लक्ष्य पाएको छ।
सिड्नीमा टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५२ रनको योगफल तयार पारेको हो। डेली मिचेलले अर्धशतक प्रहार गरे। उनले ३२ बलमा ३ चौका र १ छक्का मद्धतमा अर्धशतक पुरा गरे।

चौंथो विकेटका लागि कप्तान केन विलियम्स र डार्ली मिचेलले ६८ रनको साझेदारी गर्दै इनिङ्स उकालेका थिए।

कप्तान केन ४६ रन बनाउँदा शहिन शा अफ्रिदीको बलमा बोल्ड आउट भए। ४२ बलको सामना गरेका केनले १ चौका र १ छक्का हान्दै ४६ रन हाने।

ओपनर फिन एलिन ४ रनमा सहिन शाह अफ्रिदीको बलमा एलबीडब्लु धरापमा परे। डिभोन कोनवे २१ रन बनाउँदा रनआउट भए। ग्लेन फिलीप ६ रनमा क्याच आउट भए। डेली मिचेल ५३ र जेम्स निसाम १६ रनमा नटआउट रहे।

पाकिस्तानका सहिन शा अफ्रिदीले २ विकेट झारे। मोहम्मद नवाजले १ विकेट आफ्नो नाममा गरे।

न्युजिल्याण्ड समूह एको विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो। पाकिस्तान भने समूह बी को उपविजेताको हैसियतमा अन्तिम ४ को यात्रा तय गरेको थियो। अर्को सेमिफाइनलमा बिहीबार भारत र इंग्ल्याण्ड भिड्दैछन्।

कमेन्ट गर्नुहोस्