एउटा यहि गल्ति गरेका कारण पाइलट विजय लामाले जहाज उडाउन नपाउने

काठमाडौँ । उडिरहेको विमानको ककपिटमा नियमनकारी निकायको अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएको अभियोगमा नेपाल वायुसेवा निगमले पाइलट विजय लामालाई उडानमा रोक लगाएको छ ।

उडान सञ्चालन नियमविपरीत उडिरहेको विमानमा भिडियोग्राफी गरेको उजुरीका आधारमा पाइलट लामालाई ग्राउन्डेड गरिएको हो ।५८ वर्ष उमेरहदले अवकास पाई हाल करार सेवामा निगमको वाइडबडी विमान उडाउँदै आइरहेका लामालाई दुई दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ ।

वायुसेवा तथा उड्डयनकर्मीहरूको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागको निर्देशनअनुसार निगमको अपरेसन विभागले पाइलट लामालाई आइतबारदेखि ग्राउन्डेड गरेको हो ।कारबाही स्वरुप लामाको मलेसिया भ्रमण समेत रद्द गरिएको छ । लामा सेफिट इक्युपमेन्ट इमर्जेन्सी तालिमका लागि आइतबार मलेसिया जाने तयारीमा थिए । उनलाई कति दिन सम्मको लागि ग्राउण्डेड गरिएको भन्ने महानिर्देशक अधिकारीले खुलाएनन् ।

चर्चित एभियसन ब्लगर सम चोइलाई विना अनुमति जहाजको ककपिटमा लगेको भन्दै लामालाई कारबाही गरिएको हो । चोइ केही दिनअघि नेपाल भ्रमणमा आएका थिए । उनले क्याप्टेन लामासँग ककपिटमा खिचेको फोटो र भिडिओ सामाजिक सञ्जालमा राखेका थिए ।

लामाले दुबईबाट काठमाडौं आउँदै गरेको निगमको विमानमा एक विदेशी भ्लगरलाई अन्तर्वार्ता दिनुका साथै अनुमति नलिई भिडियोग्राफी गर्न दिएका थिए ।

कमेन्ट गर्नुहोस्