बुटवल । बामदेव क्षेत्री सानै कम्युनिष्ट विचारप्रति झुकाब राख्ने अध्ययानशिल बौद्धिक र शालिन व्यक्ती हुन । उनले ८ कक्षामा पढदादेखि नै कम्युनिष्ट नेता पुष्पलालको पुस्तक अध्ययन गर्थे । परिणाम स्वरुप उनले कम्युनिष्ट विचार र सिद्धान्तलाई सधै अंगीकार गरिरहे ।
अखिल भारत नेपाल विद्यार्थी संगठनको प्रथम राष्ट्रिय सम्मेलनमा उनी चण्डीगढी पुगे । त्यतिबेला संगठनको अध्यक्ष बाबुराम भट्टराई थिए । तर, भारतका लागि तत्कालीन नेपाली राजदूत वेदानन्द झाले उद्घाटन गर्ने सो कार्यक्रम कम्युनिष्टको जस्तो नलागेर उनी दिल्ली फर्किए ।
वि।सं। २०३६ मा आईआईटी दिल्लीमा भएको दोस्रो राष्ट्रिय सम्मेलनमा उहाँको सम्पर्क निर्मल लामासँग भयो । लामा सगँको छलफल पश्चात वामदेव नेपालको कम्युनिष्ट आन्दोलनसँग जोडिए । त्यसको एक वर्षपछि नेपाल कम्युनिष्ट पार्टी मसालको सदस्य बने । वि।सं। २०३९ मा उनी दिल्ली एरिया सेक्रेटरी भए त्यस पश्चात् उनी वि.स. २०४१ देखि ०४५ सम्म मसालकै जिल्ला समितिमा रहेर काम गरे । २०४५ देखि २०४८ सम्म क्षेत्रीय ब्युरो सदस्य समेत बने । त्यसपछि पार्टी नेकपा एकता केन्द्र बन्यो जसमा प्रचण्ड, बाबुराम, निर्मल लामा लगायतका नेता थिए । २०४८ मा उनी एकता केन्द्रको दिल्ली सेक्रेटरी बने ।
त्यसपछि पाटि भित्र बिभिन्न बिचलन आयो पार्टी विभाजन भयो विभाजनसँगै उनी माओवादीमा आबद्ध भए । वि.सं. २०५२ फागुन १ गतेबाट पार्टीले जनयुद्ध घोषणा गन्यो । त्यसपछि ०५२–०५४ मा उनी अन्तर्राष्ट्रिय विभागमा रहेर काम गरे भने ०५४ मा क्षेत्रीय ब्युरो सदस्य समेत बने । वि।स। २०५७ मा सम्पन्न माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य बने ।
त्यसपछि इन्टरनेशनल सोलोडेरेटी फर्म नेपालको संयोजक बने । सोलिडारिटी फर्म, नेपालको संयोजक बने पछि नेपालको जनयुद्धको पक्षमा राजतन्त्रको विरुद्धमा जनमत तयार गर्ने काम उनेले गरे दिल्ली मै रहँदा जनयुद्धको लागि आर्थिक तथा लजिस्टिक सामग्री जुटाउने र कार्यकर्ता देशभित्र पठाउने, घाइतेको उपचार गराउने व्यवस्था मिलाउने कार्यमा म संलग्न थिए । त्यसबीच उनले पाटिको दुई ओटा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नु थियो– माओवादी नेतृत्वलाई भारतीय सरकारका प्रतिनिधिसँग भेट गराउने र नेपालका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट गराउने यो काम निकै जटिल थियो । गिरिजाप्रसाद कोइरालालाई दिल्लीमा प्रचण्ड र बाबुरामसँग भेटघाट गराउने तयारी गर्न मात्र एक महिना लाग्यो । पहिलो चरणमा भारतीय प्रतिनिधिसँग दीनानाथ शर्मालाई भेट गराइयो ।
त्यसबेला उनलाई ठूलो चिन्ता थियो– केही भयो भने म गद्दार त हुनेछु नै सगैँ आन्दोलन पनि सिद्धिन्छ । फागुन १८, २०५८ गते भेट्ने निधो भयो । काम सफलतापूर्वक सम्पन्न भयो तर त्यसको एक दिनपछि दिल्ली प्रशासनले राजनीतिक कार्यमा उनको संलग्नता बारे चौतर्फी थाहा भए पछि उनी पाँच महिनापछि गिरफ्तार भएँ । विसं २०६३ साल मंसिर ५ गते राज्यका तर्फवाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए।
जनयुद्धका हुमीएका अथक योद्धा क्षेत्री वि.सं.२०५८ मा पक्राउ परे र १४ महिना जेल बसे सरकार र माओवादी बिच वार्ता चलिरहँदा उनी रिहा भए जेल बाट छुटे पश्चात उनलाई नेपालको विशेष क्षेत्र, पश्चिम कमाण्ड अन्तर्गत गुल्मी, बाग्लुङ, म्याग्दी हेर्ने गरी इन्चार्ज बनाइयो। पछि रूपन्देही खटिएर लडाकु, पार्टी र सत्ताको इन्चार्ज बने । विराटनगर सम्मेलनपछिको निर्वाचनबाट उनी पाटिको पोलिटब्युरो सदस्य बने ।
यसैगरी वि।सं। २०६४ को संविधान सभाको निर्वाचन अघिसम्म रहेको चुनावी सरकारमा माओवादीका ७३ जनामध्ये उनी पनि अन्तरिम विधायक भए । वि।सं। २०६४ पछि बनेको माओवादी सरकारका बेला उनले ११ महिना कृषि विकास बैंकको अध्यक्ष बने। त्यसको केही समयपछि माओवादीमा फुट आयो पछि बाबुरामले नेतृत्व गरेको नयाँ शक्ति नेपालमा क्षेत्री प्रवेश गरे । त्यहाँ रहँदा उनी १ वर्ष विभाग इञ्चार्ज समेत बने तर केही समय पछि क्षेत्री पुन माओवादी केन्द्रमा फर्किए र हालसम्म उनी पोलिटब्युरो सदस्य छन ।
२०७४ को निर्वाचन पश्चात देशमा तिन तहको बन्यो लुम्बिनी प्रदेशमा पनि केहि समय एमालेले सरकार चलायो भने केहि समय माओवादीले सरकार चलायो । उक्त समय क्षेत्री २०७८ भदौमा लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्ष समेत बने । उक्त समयमा समग्र प्रदेशको योजना निर्माणमा धेरै ज्ञान र अनुभव भएका उनी अहिले बिभिन्न नयाँ योजना हरु बोकेर मैदानमा उत्रीएका छन ।
यसरी राजनिती क्षेत्रमा आफ्नौ छुट्टटै पहिचान बनाउन सफल भएका जनप्रिय ,राजनितिज्ञ , बौद्धिक, शालिन विकासप्रमी र भद्र स्वाभावका क्षेत्री पहिलो पटक जनताको अबस्था र व्यबस्थामा परिवर्तन ल्याउने आठोटका साथ प्रत्यक्ष तर्फबाट रुपन्देही क्षेत्र २ (ख) मा प्रदेशसभा तर्फ गठबन्धन दलको तर्फबाट साझा उम्मेदवारको रुपमा चुनाबी मैदानमा छन ।