नरैनापुरका स्थानीय भन्छन्– निर्विकल्प ‘अथक’ र ‘नमूना’

डिल्ली शाही, बाँके । सडक सञ्जाल जोडेका, अन्धकारबाट उज्यालो दिएका र विद्यालयका भवन निर्माण गरेका ‘अथक’ र ‘नमूना’ लाई नरैनापुरका स्थानीयहरुले निर्विकल्प मतदान गर्ने बताएका छन्।

बिहीबार घरदैलो तथा जनभेघाट कार्यक्रममा गएका उम्मेदवारसहितको चुनाव प्रसार प्रसार टोलीसँग बाँके क्षेत्र नं १ (१) नरैनापुरका १ र २ का स्थानीयले नरैनापुरको विकास र समृद्धिका लागि ‘अथक’ र ‘नमूना’लाई निर्विकल्प मतदान गर्ने बताएका हुन्।

संघमा महेश्वर गहतराज ‘अथक’ र प्रदेशमा कृष्णा केसी ‘नमूना’ निर्वाचन भएपछि नरैनापुरले नयाँ अनुहार देख्न पाएको भन्दै अहिले पनि पुनः मतदान गर्ने नरैनापुर १ का स्थानीय दिपकराज हरिजनले बताए। ‘नरैनापुरमा विद्युत र सडक सञ्जाल पु¥याउनु पर्छ भन्ने उद्देश्यका साथ निरन्तर लागेका यी दुई पात्र हुन्’ उनले भने, जसले जे भने पनि हामीले निर्विकल्प मतदान गर्छौं।’ यहाँका जनताले महशुस हुने गरी ‘अथक’ र ‘नमूना’ ले विकास गरेको हरिजनले बताए।

यस्तै नरैनापुर २ का स्थानीय पुरुन चमारले नरैनापुरमा तटबन्धन मुख्य समस्या रहेको बताएका छन् । ‘तटबन्ध नहुँदा यहाँका स्थानीयलाई निकै सास्ती भोग्नु परेको छ’ उनले भने, ‘पहिले सडक र बिजुलीको समस्या थियो ।’

अहिले पुनः तटबन्धन नहुँदा समस्या भोग्नुपरेको छ, त्यसको समाधानका लागि पहल गर्ने उम्मेदवारलाई मतदान गर्ने चमार बताए। ‘अहिले संघ र प्रदेशमा उम्मेदवार को को छन् मलाई थाहा छैन? यहाँ भोट माग्न आएका छैनन्, उनले थपे, अघिल्लो निर्वाचनमा ‘अथक’ र ‘नमूना’ आउनुभएको थियो भोट दिएका थियौं।’ उनले पुनः दोहो¥याएर भने, ‘भोट दियौं, सडक र बिजुली लियौं। अब पनि भोट दिन्छौं, तटबन्ध गरेको देख्न पाउने आशा छ।’
भेटघाट तथा जनभेलामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश्वर जंग गहतराज ‘अथक’ र प्रदेश सभा सदस्यका उम्मेदवार कृष्ण केसी ‘नमूना’ ले कटान तथा डुबान नियन्त्रण गर्न गुरुयोजना निर्माण गरिसकेको बताएका छन्। ‘जनताको समस्या मैैले नजिकबाट बुझेका छौं’ उनीहरुले भने, ‘नरैनापुरको समस्या नै हाम्रो समस्या हो।’

उनीहरुले पालिकामा सुख्खा जमिन भएपछि डिप बोरिङ्गको योजना अघि सारेको बताउँछन्। अघिल्लो निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरेको भन्दै खुसीका साथ पुनः मतदान गर्न अनुरोध गरेका थिए । ‘कटान तथा डुवान नियन्त्रण गर्ने तटबन्धन र सुख्खा जमिनको लागि डिप बोरिङ्गको बनाउने छौं’, उनीहरुले भने, ‘विद्यालयमा सञ्चारका लागि इन्टरनेटको व्यवस्था गर्नेछौं।’ नरैनापुरदेखि अगैया जोड्ने सडक, पूर्वी नहर निर्माण जस्ता काम गर्नका लागि गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने उनीहरुको भनाई थियो।

नेपाली काँग्रेस क्षेत्र नं. १ का सभापति पोषण केसी, निर्वाचन परिचालन समिति क्षेत्र नं. १ का संयोजक नरेन्द्र न्यौपाने, नेपाली काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्की र नेपाली काँग्रेस नरैनापुर गाँउपालिका अध्यक्ष राजकुमार मौर्य लगायत पाँच दलीय गठबन्धनका नेताहरु घरदैलो तथा जनभेघाट कार्यक्रममा सहभागी थिए।

कमेन्ट गर्नुहोस्