काठमाडौं। इङ्ल्याण्ड आईसिसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। भारतमाथि सानदार जित निकाल्दै इङ्ल्याण्ड आईसिसी टी२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो। बिहीबार भएको खेलमा भारतलाई १० विकेटले हराउँदै इङ्ल्यान्ड उपाधि नजिक पुगेको हो। एडिलेट ओभलमा भारतले दिएको १६९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६ ओभर विना विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। इङ्ग्ल्यान्डका लागि आलेक्स हेल्स र जोस बट्लरले अर्धशतकीय पारी खेले।
बल खेलेका हेल्सले ४ चौका र ७ छक्का प्रहार गर्दै ८६ रन बनाए। त्यस्तै जोस बट्लरले ९ चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाए। हेल्स र बट्लरको टी–ट्वान्टी विश्वकपमा सर्वाधिक साझेदारी हो। दुई खेलाडीले १७० रनको साझेदारी गरे। यसअघि भारतविरुद्ध नै पाकिस्तानका बाबर आजम र मोहमद रिजवानले १५२ रनको साझेदारी गरेका थिए।
भारतका लागि कुनै ब्याटरले विकेट लिन सकेनन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो। भारतका लागि हार्दिक पाण्डेयले सर्वाधिक ६३ रन बनाए । विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले। कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए। इङ्ग्ल्यान्डका क्रिस जोर्डनले तीन विकेट लिए। क्रिस वोक्स र आदील राशिदले एक-एक विकेट लिए। अब इङ्ल्यान्डले फाइनलमा पाकिस्तानसँग खेल्नेछ। फाइनल खेल आइतबार हुनेछ।