थारू समुदायमा देखिएको सिकल सेलको अनुसन्धान गर्छु : डा. भोजराज

माडी । प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार डा. भोजराज अधिकारीले यहाँका थारू समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको अनुसन्धान गर्ने बताएका छन् । थारू समुदायमा मात्रै यो रोग देखिन्छ । यसअघि केन्द्रीय स्वास्थ अनुसन्धान परिषदमा रहदाँ बाँके बर्दियामा आफुले सो रोगको अध्ययन गरेको उल्लेख गर्दै उनले चितवनमा समेत अनुसन्धान गर्ने बताएका हुन् ।

 

“म राष्ट्रिय स्वास्थ अनुसन्धान परिषद्को उपाध्यक्ष भएको समयमा बाँके, बर्दियाका थारू समुदायमा मात्रै सिकलसेल एनिमिया भन्ने रोग देखियो,” चुनावी सभालाई सम्बोधन गर्दै डा। भोजराजले भने,” त्यहीँ समयमा चितवनका थारू समुदायमा समेत यो आवश्यक देखेर अनुसन्धान गर्ने निर्णय गरेका छौें, अब अनुसन्धान सुरु हुन्छ ।” यसको नियन्त्रणका उपाय अघि बढाउने उनको प्रतिबद्धता छ । स्वास्थ क्षेत्र स्वभाविक रूपले नै प्राथमिकतामा परेको उनले बताए । माडीका स्वास्थ्य र शैक्षिक संस्था सुधार गर्न पहल गर्ने डा. भोजराजको जोड छ । बगौडा अस्पताललाई विशिष्टिकृत अस्पतालका रूपमा अघि बढाईने उनले बताए । थारू समुदायको सम्मान हुने गरि योजना बनाउने उनले बताए ।

यस्तै लोकतान्त्रिक(बाम गठबन्धन अन्तर्गत प्रदेशसभाका उम्मेदवार ठाकुर ढकालले रेवा खोला तटबन्ध गर्न पहल गर्ने बताएका छन् । शिवद्वारबाट सौराहा पर्यटन मार्ग बनाउन योजना अघि बढेको ढकालले बताए । नागरिकता विहिन समुदायसँगको भेटघाटमा गठबन्धनका उम्मेदवार डा। भोजराज र ठाकुरले जन्मका आधारमा नागरिकता दिने विषय चाडैं समाधान हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्