टन्सिल बिग्रेपछि हिमानी शाहको घाँटीको अप्रेसन

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहको घाँटीको अपरेसन गरिएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उनको घाँटीको टन्सिलको अप्रेसन भएको हो।

उनको घाँटीमा लामो समयदेखि समस्या रहेको र टन्सिल बिग्रेको कारण अपरेसन गर्नुपरेको चिकित्सकहरूले बताएका छन्।

उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो।

हिमानीलाई भेट्न उनका ससुरा पूर्वराजा ज्ञानेन्द्र र पति तथा पूर्वयुवराज पारस शाह अस्पताल पुगेका थिए ।

कमेन्ट गर्नुहोस्