अख्तियारको स्पष्टीकरण : न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छौं

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रताप्रति आफू प्रतिवद्ध रहेको रहेको बताएको छ ।

विशेष अदालतको फैसलाबारे गरेको टिप्पणीलाई लिएर सर्वोच्च अदालतका न्यायाधीशहरु र नेपाल बार एशोसिएसनले आपत्ति जनाएपछि अख्तियारले वक्तव्य जारी गर्दै स्पष्टीकरण दिएको हो । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले विज्ञप्ति जारी गर्दै अदालतको गरिमाप्रति अनास्था फैलाउने कल्पना समेत गर्न नसकिने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र न्यायापालिकाको अवधारणाप्रति सदाझै अविचलित रहने हुँदा आयोगबाट ७र२२ मा जारी गरिएको प्रेस विज्ञप्ति र जानकारीमूलक विवरणलाई सोही रुपमा बुझिदिन सम्बन्धित सबैमा आयोग हार्दिक अनुरोध गर्दछ ।’

हेर्नुहोस् विज्ञप्ति

कमेन्ट गर्नुहोस्