गार्खाली जनतासँग प्रचण्डले भने –विकास र समृद्धिको निम्ति बलियो हात दिएर पठाउनुहोस्

गोरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखाकालीको हात कति ठूलो वाह गोरखा भन्ने गरी मतदान गर्न भनेका छन् ।

‘पालुङ्टार नगरपालिका वडा नम्बर २ आँपपिपल भञ्ज्याङमा आयोजित सभालाइ सम्बोधन गर्दै प्रचण्डले जति बलियो हात दिएर पठाउनुभयो त्यतिनै हामीलाई बल प्राप्त हुन्छ र यहाँको विकास निर्माणमा बल पुग्छ,’ अध्यक्ष प्रचण्डले भने ।

प्रचण्डले शुक्रबार सिरानचोक र पालुङ्टारका विभिन्न स्थानमा सम्बोधन गरेका छन् । गोरखा आउँदा गहिरो जिम्मेवारी बोध भएको उनले बताएका छन् । समाजवादको लक्ष्यप्रति स्पष्ट रहेको उनले बताए ।गोरखामा जनताको एकता राम्रो रहेको उनले बताए । यो देशका दलित आदिवासी जनजाति सबैको अधिकारलाइ थप स्थापित गर्न बलियोसँग लागि पर्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्