रविका कार्यकर्ताले हरुवा भने, गठबन्धनकाले स्त्रीलम्पट र अमेरिकी दलाल भन्दै लखटे

चितवन । चितवनमा क्षेत्र नम्बर २ मा चुनावी प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनका कार्यकर्ताबीच लफडा भएको छ।

घरदैलो अभियानका क्रममा जम्काभेट भएपछि दुवै पक्षका कार्यकर्ताबीच सुरुमा भनाभन भएको थियो। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी किरण बज्रचार्यका अनुसार दुई दलका कार्यकर्ताबीच कुरिनटारबाट नारायणगढतर्फ जम्काभेट भएको थियो।

सवारीसाधन प्रयोग गर्दै र पैदलै प्रचार हिँडेका दुई पक्षबीच जम्काभेट हुँदा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तालाई हरुवा भने।इच्छाकामना गाउँपालिका वार्ड न.४ मा घरदैलो अभियान जारी हुँदा स्थानीयसँगै रहेका गठबन्धनका कार्यकर्ताले रविलाई नागरिकताको बिषयमा र चरित्रको बिषयमा प्रश्न गरे ।

प्रश्न गर्ने बित्तिकै रविका कार्यकर्ताले स्थानियलाई अश्लिल शब्द सहितको दुर्व्यवहार गरे। त्यसपछी आक्रोशित बनेका स्थानियले रविलाई लखेटे। झगडाको क्रममा रवि लामिछानेका कार्यकर्ता रहेको एक गाडिमा टोडफोड समेत भएको छ ।

कमेन्ट गर्नुहोस्